कृष्टिना र स्टेलालाई सिँगापुरमा अन्तर्राष्ट्रिय उपाधि

कृष्टिना र स्टेलाले सिँगापुरमा अन्तर्राष्ट्रिय उपाधि जितेका छन्।

काठमाडौं। बालबालिका सम्बन्धी अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई उत्कृष्ट सफलता मिलेको छ।

सिँगापुरमा गत २६ जुन देखि १ जुलाईसम्म आयोजना भएको ‘एशिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवल–२०१९’मा सहभागी नेपालका पाँच बालबालिका मध्य २ ले उत्कृष्ट उपाधि जितेका हुन्।

फेस्टिबलमा एशियाका ४२ देशका बालबालिका सहभागी थिए । जसमा ‘लिटिल एशिया प्यासिफिक प्रिन्सेस–२०१९’मा नेपाली नानी कृष्टिना खड्काले ‘लिटिल एशिया प्यासिफिक प्रिन्सेस–२०१९’ शीर्ष उपाधि जितिन्। ११ वर्षीया कृष्टिना नेसनल किड्स अफ इयर २०१८ नेपालकी सिनियर समूहकी बिजेता हुन्।

प्रतियोगितामा ५ जना सहभागी थिए।

यस्तै ‘एशिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवल–२०१९’मै आयोजित ‘मिनी एशिया प्यासिफिक प्रिन्सेस–२०१९’मा सबैलाई उछिनेर नेपाली नानी स्टेला शाहले शिर्ष उपाधि जितिन्। ८ वर्षीया स्टेला पनि नेसनल किड्स अफ इयर २०१८ नेपालकी जुनियर समूहकी बिजेता हुन्। उनी युलेन्स स्कुलमा कक्षा ३ मा पढ्दै छिन्।

नेसनल किड्स अफ इयर २०१८कै उपबिजेता तथा र्याडिएन्ट रिडर्स एकेडेमकीका कक्षा ६ की यांशु श्रेष्ठले यो प्रतियोगितामा बेस्ट पर्सनालिटी र बेस्ट इन बीच स्विम वेयर उपाधि जितिन्। नेपाल टिमकी ८ वर्षीया मिनाल केसीले बेस्ट स्माईल र ९ वर्षीया सुखी प्रधानले बेस्ट पार्टी वेयरको अवार्ड पाए।

उनीहरुलाई कोरियोग्राफर रोजिन श्रेष्ठले विशेष प्रशिक्षण दिएका थिए।

यी पाँचै जनालाई लिटिल एशिया प्यासिफिक प्रिन्सेस–२०१९ र मिनी एशिया प्यासिफिक प्रिन्सेस–२०१९को आधिकारिक संस्था इभेन्ट बेटर ग्यालेक्सीले सिँगापुर लगेको हो। दुई बालिकाको यो सफलता नेपालकै सफलता भएको इभेन्ट बेटर ग्यालेक्सीको अध्यक्ष धिरज तण्डुकारले मँगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा बताए।

बिजेताहरुले पनि आफूहरुले लामो समयको मेहनत पश्चात एशियाका अरु देशका प्रतियोगीलाई जितेर उपाधि नेपाल ल्याएको पत्रकार भेटघाटमा बताए । उनीहरुलाई कोरियोग्राफर रोजिन श्रेष्ठले विशेष प्रशिक्षण दिएका थिए। अभिमन्यु शर्माले यो प्रतियोगिताको लागि व्यबस्थापन हेरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

30437