भारतीय दूतावासको पत्रबारे मलाई अनभिज्ञ राखियो : प्रधानमन्त्री ओली

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई सरकारी निकायले ‘अनभिज्ञ’ राखेको बताएका छन्।

भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएको बारे २३ गते मात्र जानकारी प्राप्त गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो । तसर्थ मेरो जानकारीमा नभएको हुनाले मैले पत्र आएको छैन भनें । तर २३ गते बेलुका मात्र मैले पत्र आएकोबारे जानकारी पाएँ ।

म त्यसबाट अत्यन्त दुखित छु,’ प्रधानमन्त्री ओलीले बुधबार जनतासँग प्रधानमन्त्री कार्यक्रममा विषादी प्रकरणबारे स्पष्टीकरण दिँदै भने, ‘र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस्, मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो । एउटा यथार्थ मबाट लुकेको रहेछ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।





Comments

comments

30488