भोजपुर भिडन्तः ‘बोले फसिन्छ, बरु नबोलेकै बेस’

मारिएका प्रहरी जवान सन्जीव राई

बुधबार बिहान आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ कार्यालय जाने तयारीमा थिए। त्यहीबेला उनले गोली पड्केको आवाज सुने।

त्यसलगत्तै अलि पर सडकमा मान्छे ढलिरहेको देखियो । सो घटनाका कारण उनको घरका सबैजना त्राहिमा देखिए।

त्यसैबेला गोलीको अर्को आवाज सनियो । त्यसबारे विजय अझै खुलेर बताउन सक्दैनन् । उनी मात्र होइन, भोजपुर बजारवासी कोही पनि खुला ठाउँमा सुने/देखेका कुरा गर्दैनन्/गर्न चाहँदैनन्।

प्र्रतिबन्धित नेकपा (विप्लव समूह) का कार्यकर्ता र प्रहरीबीच बुधबार भएको मुठभेडपछि सदरमुकाममा छाएको सन्नाटा कायमै छ।

कसैले केही कुरा गर्न खोज्यो भने सदरमुकामवासी केही थाहा नभएको भन्दै तर्किन्छन् । ‘को विप्लव, को प्रहरी, चिन्न सकिँदैन,’ विजय भन्छन्, ‘बेकारमा फसिन्छ । बरु त्यो घटनाबारे नबोल्नु नै बेस ।’ यो समाचार नागरिक दैनिकमा एक्सन राईले लेखेका छन्।





Comments

comments

30533