आइतबारसम्म भारी वर्षा हुने…

कलंकीमा बाढीको बितण्डा

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आइतबार रातीसम्म काठमाडौँ लगायत देशको पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने जनाएको छ।

सोमबारसम्म मनसुन कमजोर हुँदै जाने भए पनि पूर्णरुपमा वर्षा नरोकिने महाशाखाको भनाइ रहेको छ।

मौसमविद् समीर श्रेष्ठले भने, ‘सोमबारदेखि मनसुन कमजोर हुँदै जान्छ तर वर्षा पूर्णरुपमा भने रोकिँदैन । आइतबार रातिसम्म भारी वर्षा हुन्छ।’

मौसमविद्ले भारी वर्षाका कारण पूर्व र मध्य क्षेत्रको पहाडी भूभागमा पहिरो जान सक्ने तथा पूर्व र मध्य तराई क्षेत्रका नदीमा जलको बहाव स्तर बढ्न सक्ने जनाउँदै उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्। यो खबर नागरिक दैनिकमा प्रकाशित छ।





Comments

comments

30600