१८ सय बालबालिका हराएको हरायै

नमूना फोटो

काठमाडौँ । नेपालमा वार्षिक सयौँको संख्यामा बालबालिका ‘बेखबर’ हुन्छन्।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभरका १८ वर्षमुनिका १८ सय बालबालिका हराइरहेको बालबालिका खोजतालस समन्वय केन्द्र भृकुटिमण्डपको तथ्यांक छ।

केन्द्रमा जेठ मसान्तसम्म ३२ सय ४ वटा उजुरी परेका थिए । उजुरी परेकामध्ये १३ सय ९३ बालबालिका भेटिएको केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए।

१ हजार ८ सय ११ को खोजी जारी छ।

‘हराएपछि अभिभावकले आत्तिएर फोन गर्छन् । तर फेला परेपछि जानकारी दिन आवश्यक ठान्दैनन् । त्यसैले पनि फेला नपर्नेको संख्या बढी देखिएको हो,’ उनले भने।

यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ।





Comments

comments

30604