ज्यान जोगाउन २४ घण्टा रुखमा बास

फाईल फोटो

सिरहा, कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि शुक्रबार उद्धार गरिएको छ।

बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका-२ का ५५ वर्षीय बेत्रु मुखियाको शुक्रबार साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको हो।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदीको बीचमा रहेको रुखमा चढेका मुखियालाई धनुषाको पोर्ताहा क्षेत्रबाट गएको सेनाको टोलीले उद्धार गरेको हो।

दिनभर पानीको बहाव नघटेका कारण उद्धारमा कठिनाइ भएको थियो । प्रतिकूल मौसमका कारण उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर आउन सकेको थिएन । मुखिया कमला नदीको बगरमा टहरा बनाएर तरकारी खेती गर्दै आएका थिए।

बिहीबार राति बाढीले टहरा बगाएपछि मुखिया ज्यान जोगाउन रुख चढेका थिए । छ सय परिवार विस्थापित वर्षासँगै कमला नदीमा आएको बाढीका कारण सिरहामा ६०० भन्दाबढी परिवार विस्थापित भएका छन्।

उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए। बाढीका कारण सिरहा नगरपालिका-६ बसपिट्टा, लहान नगरपालिका-१ र २ मिलनचोकको बस्ती डुबानमा परेको छ । वर्षापछि कमला, बलानलगायत नदीको पानीको सतह बढेको छ। रासस

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

30612