बलिउड अभिनेत्री प्रियंका चोपडाको घरमा यौन धन्दा

मुम्बई। मुम्बईको बर्सोबामा रहेकी बलिउडकी अभिनेत्री प्रियंका चोपडाको घरमा रहेको ‘करिश्मा स्पा एन्ड ब्युटी सेन्टर’ मा यौन व्यावसाय हुने गरेको भारतीय प्रहरीले जनाएको छ।

प्रहरीले सो स्पामा छापा मारेको थियो। त्यहाँ यौन व्यावसाय हुने गरेको पुष्टि भएपछि आफुहरुले छापा मारेको मुम्बई प्रहरीले जनाएको खबर भारतीय संचारमाध्यमले छापेका हुन् ।

छापा मारिएको स्पाको कागजपत्र जाँचबुझ गर्दा त्यो घर प्रियंका चोपडाको नाममा रहेको खूलासा भएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ। स्पासँगैको अर्को घरमा प्रियंकाकी आमाले क्लिनिक चलाउँदै आएकी छिन्।

छापापछि त्यहाँबाट तीन महिलालाई उद्दार गरेर प्रहरीले लगेको छ। स्पामा काम गर्ने चन्द्रशेखर नामका व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको खबर छ। स्पामा मुख्य संचालक माणिक सोनी सम्पर्कबाहिर रहेको पनि प्रहरीले जनाएको छ। सो स्पाको उद्घाटन प्रियंकाले गरेको तस्बिर पनि स्पामा पाइएको छ। यतिबेला फिल्म ‘बाजीराव मस्तानी’ को सुटिङमा व्यस्त रहेकी अभिनेत्री प्रियंकाले यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन्।





Comments

comments

3065