‘अब अन्तिम श्रीमती नै शिल्पा, नभए एक्लै बाँच्छु’- छवि ओझा

शिल्पा पोखरेल र छवि ओझा

काठमाडौं,‘बाघ’ निर्माताको ‘छवि’ बनाएका निर्माता छवि ओझाको छवि यतिवेला धमिलिन पुगेको छ।

निर्माता ओझाको छवि फिल्मसँग सम्बन्धित विषयले भन्दा पनि घरेलु समस्याका कारण धुमिलिएको हो। यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो विहे पनि यतिवेला संकटमा परेको छ।

शिल्पा पोखरेल र छवि ओझा

नायिकासमेत रहेकी शिल्पा पोखरेलसँग करिब ३ बर्षअघि बिवाह गरेका छविको वैवाहिक सम्बन्धमा यतिवेला दरार उत्पन्न भएको छ। केही दिन अघि नायिका तथा छविकी चौथी श्रीमतीको रुपमा भित्रिएकी शिल्पाले प्रहरीमा श्रीमान छविबाट ज्यान जोगाई पाउँ भन्दै प्रहरीमा उजुरी दिएपछि घटना सतहमा सार्वजनिक भएको हो।

यही विषयलाई लिएर छविले प्रहरीमा गएर शिल्पासँग मिलापत्रको कागज समेत गरिसकेका छन्। यद्यपि, मिलापत्र भए पनि छवि र शिल्पा यतिवेला सँगै छैनन्। उनीहरु अलग अलग बस्दै आएका छन् । हिँजो (आइतबार) उनीहरुको वैवाहिक जीवनको तीन बर्षे बर्षगाँठ समेत थियो। तै पनि उनीहरुले सँगै वैवाहिक बर्षगाँठ मनाउन पाएनन्।

शिल्पा पोखरेल र छवि ओझा

सुत्र टिभीको टिम छविको कार्यालयमा पुग्दा उनी एक्लै टोलाएर बसेका थिए। उनीमा कुनै उमंग देखिएको थिएन। देखिउन् पनि कसरी ? जीवन सँगै विताउने भनेर भित्र्याएकी जीवनसंगीनी वैवाहिक वर्षगाँठकै दिन उनीसँग थिईनन् । कुरा गर्दै जाने क्रममा छविले भावुक हुँदै आफ्ना तीनवटै वैवाहिक जीवनका सुरुवात तथा समाप्तीको केस्रा केस्रा केलाए।

उनी वास्तवमा यसअघिका कुनै श्रीमती तथा अहिले उनलाई नै उजुरी गरेर अलग बस्दै आएकी शिल्पाको बारेमा कुनै नकारात्मक देखिएनन्। उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुबैको ढोका खुल्ला भएको बताए। उनले शिल्पाको खुशीको लागि जस्तो सुकै त्याग गर्न पनि आफू तयार रहेको सन्देश समेत पठाए।

छविले अब अर्को कुनै घरबार जोड्ने प्रयासमा नलाग्ने र शिल्पाले आफूलाई छोडे एक्लै जीवन विताउने सोंचमा रहेको बताए। तर, आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थुपारेकोमा भने उनले निकै दुःख व्यक्त गरे।





Comments

comments

30669