हङकङ समाचारः ताई लाम टनेलनजिक बस दुर्घटना हुंदा चालकको मृत्यु, १४ घाइते

क्षतिग्रष्त सिटीबस

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ जुलाई। डबल डेकर सिटीबस ट्रकमा गएर ठोक्किंदा विहीवार दिउंसो बस चालकको मृत्यु र १४ जना यात्रु घाइते भएका छन्।

बसको अग्रभाग

समाचार स्रोतका अनुसार बस र ट्रक दुबै युन लङतर्फ जाँदै थिए। ताई लाम टनेलनजिक पात हेयुङमा बस ट्रकको पछाडि भागमा ठोक्किएर दुर्घटनामा परेको हो। बसको अग्रभाग क्षतिग्रष्त भएको छ भने ट्रकको पछाडि भागमा सामान्य क्षति पुगेको छ।

ट्रकको पछाडि भाग

गम्भीररुपले घाइते भएका ६५ वर्षीय बस चालकको उपचारको क्रममा पोक ओई अस्पतालमा मृत्यु भएको जनाइएको छ। ट्रक चालकलाई सामान्य चोट लागेको छ।

यही ट्रकसंग ठोक्किएको थियो सिटीबस

सन् १९९७ मा जागिर खाएका बस चालक अवकाश प्राप्त थिए। यद्यपि, गत जनवरी २९ मा मेडिकल जाँच उतीर्ण गरेर उनले पुनः बस चलाउन थालेका थिए। परिचय नखुलाईएका बस चालक हिजो बुधवार बिदा बसेर आज बिहान साढे ७ बजेदेखि बस चलाउन थालेका थिए।

बस अपरान्ह करीब २ बजे ट्रकमा ठोक्किएर दुर्घटनामा परेको थियो। घाइतेहरुलाई उपचारको लागि पोक ओई अस्पतालमा लगिएको छ।

फोटो सौजन्यः अन सीसी





Comments

comments

Trending Now : निगमको बोइङ नबिकेपछि...
30780