पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

फाईल फोटो

राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ।

सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ। विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ।

बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ। बस्नेतले सहकारीमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति राखेको भन्दै विभागले बयानका लागि उनलाई बोलाउने तयारी गरेको छ। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा तुलसी श्रेष्ठले लेखेका छन्।





Comments

comments

Trending Now : सरकार मुद्दैमुद्दाको घेरामा, सडक विस्तारको सट्टा मर्मतमा सीमित
30787