सागअघि पोखरा रंगशाला पुनःनिर्माण नसकिने

फाईल फोटो

मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि पोखरा रंगशाला पुनःनिर्माण पुरै नसकिने भएको छ।

निर्माण कम्पनीले कात्तिकसम्म आंशिक रुपमा निर्माण सम्पन्न गर्ने युवा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराएको हो।

सागअन्तर्गत महिला फुटबल पोखरा रंगशालामा हुँदै छ । मन्त्रालयमा शुक्रबार भएको बैठकमा कम्पनीका प्रतिनिधिले साग नरोकिने गरी निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्।

बैठकका निर्णयबारे जानकारी दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यकारी सदस्य राजेश गुरुङले सागका खेल नरोक्न सबै सरोकारवाला सकारात्मक भएको बताए। यो समाचार कान्तिपुर दैनिकमा दीपक परियारले लेखेका छन्।





Comments

comments

30810