सर्पले डसेपछि सर्प बोकेरै अस्पतालमा

फाईल फोटो

सुन्दर हरैंचाका १६ महिने दीपचन राय शुक्रबार बरन्डामा खेल्दाखेल्दै अचानक चिच्याएर रोए।

लगत्तै उनका बाबा भोला पुग्दा बालकसँगै सर्पको बच्चा देखे। बालकको गोलीगाँठाबाट रगत बगिरहेको थियो । भोलाले खुट्टामा केही माथि कपडाले बाँधिदिए अनि सर्प मारे । छोरालाई उपचारका लागि कोसी अन्चल अस्पताल पुर्‍याउँदा उनले सर्प पनि सँगै लगेका थिए।

आकस्मिक कक्षमा वार्ड इन्चार्ज रघुनन्दन अधिकारीले सर्प हेरेपछि गोमन रहेछ भन्दै बालकलाई एन्टिस्नेक भेनम(एएसफी) चढाउन सहकर्मीलाई सुझाए।

मोरङकै कर्सियाकी उषा रायलाई शुक्रबार विहान सुतेकै ठाउँमा करेतले डसेपछि कोसी अन्चल अस्पताल भर्ना भएकी छन् । ‘निन्द्रामै थिएँ । अचानक पाखुरामा कसैले चिमोटेजस्तो भयो’, उनले भनिन्, ‘उठेर हेर्दा हात दुखेको ठाउँमा रगत निस्केको र ओछ्यानमा करेत सर्प देखेपछि अस्पताल आएँ।’

उषालाई शुक्रबार मध्यान्न सम्ममा दुई भाइल एन्टिस्नेक भेनम दिइएको छ । बाडीपछिको एकसातामा सर्पले डसेर २ सयभन्दा बढी व्यक्ति अस्पताल भर्ना भइसकेका छन्। यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।





Comments

comments

30813