प्रभावकारी बन्दै सिसी क्यामेरा

फाईल फोटो

काठमाडौं उपत्यकामा सिसी क्यामेराको प्रभावकारीता बढदै गएको छ।

प्रविधिको बढदो प्रयोगसँगै सिसी क्यामेराको फुटेजको आधारमा उपत्यकाभित्र प्रहरीले एक बर्षको अवधिमा १८ हजार घटनामा संलग्नलाई कारबाही गरेको छ।

उपत्यकाभित्र हुने आपराधिक क्रियाकलाप हुन नदिन र सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि जनशक्तिसँगै सिसी क्यामेराको प्रयोगमा जोड दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेस थापा क्षेत्रीले बताए।

उनले भने– ‘उपत्यका काठमाडौंको सबै नाकामा सिसी क्यामेरा जडान गरिएको छ, समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पनि धमाधम उपत्यकाभित्र सिसी क्यामेरा जडानको काम भइरहेको छ ।’ यो समाचार नेपाल समाचारपत्र मधुसूदन रायमाझीले लेखेका छन्।





Comments

comments

Trending Now : अख्तियार भन्छ, दुई दर्जन नेताको अकूत सम्पत्तिको फाइल छानबिन गर्छौ
30825