डायस्पोरा साहित्य पुरस्कार बेलायतका शाहलाई

राजन केसी, कोमल मल्ल, डा. गोपाल पौड्याल –

कवि समूह नेपाल र गोङ्गबु साहित्य समाज गोङबुले शनिबारका दिन रु पन्ध्र हजारको दोश्रो डायोस्पोरा साहित्य पुरस्कार बेलायतका साहित्यकार सुरेश जङ्ग शाहलाई प्रदान गरेकोछ।

गोङ्गबु साहित्य समाजकि अध्यक्ष द्वारिका कुइकेलको अध्यक्षतामा सम्पन्न उक्त समारोहको कवि मुकुन्द शरण उपाध्याय प्रमुख अतिथि हुनुहुन्थ्यो। उक्त कार्यक्रमको सन्चालनकार्यक्रम संचालक कुष्णदेव रिमाल र कान्ति शिखा धितालले गर्नु भएको थियो।

कवि समूह नेपालको बार्षिक उत्सब तथा २०६औं भानु जयन्तीको उपलक्षमा आयोजित समारोहमा वरिष्ठ कवि,चलचित्र निर्देशक, मुक्तककार तथा साहित्यकार यादब खरेललाई पचासौ बर्ष नेपाली साहित्यको सेवा गरे बापत, कवि डा. गोपाल पौड्याल “मण्डने”लाई बेलायतमा गएर १९९२ मा बेलायतको लण्डन बाट हस्तलिखित पत्रिका सगरमाथा टाइम्स प्रकाशन गरि डायोस्पोरामा ब्यबसायिक नेपाली पत्रकारिताको थालनी गरे बापत, कवि सुर्य लाकोजुलाई अक्षरमार्ग मासिक प्रकाशन तथा नेपाली साहित्यको श्रीबृद्धि गर्न अनबरत रुपमा लागि परे बापत, कवि तथा गीतकार बसन्तराज श्रेष्ठ, स्वास्थ तथा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मी, साहित्यकार श्रीमती सीता बिष्ट कार्कीलाई नेपाली भाषा साहित्यको विभिन्न बिधामा कलम चलाएर भाषा साहित्यको श्री बृद्विमा निरन्तर लागे बापत तथा भर्खरै राष्ट्रिय लोक दोहोरी गित प्रतियोगितामा प्रथम भएकी गोर्खाकी गायिका बबिता बानिया जेरि तथा सिन्धुपाल्चोकका लोक दोहोरी गायक प्रदिप रोक्कालाई नेपाली लोक भाका तथा काठे भाका लगायतका धेरै लोक भाकाको उत्थान गरे बापत विशेष सम्मान गरियो।

भब्य समारोहमा विभिन्न कवि कवयित्रीहरुबाट रचना वाचन गरिएको थियो भने बबिता बानिया जेरि प्रदिप रोक्का र लुनार स्कुलका प्रिन्सिपलले दोहोरी गीत गाएर माहौल तताउनु भएको थियो।

यसैगरी विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, खेलाडी, कलाकार, पत्रकार, मिडियाकर्मी, साहित्यप्रेमी र साहित्य सर्जकहरुको बाक्लो उपस्थिति भएको थियो।

प्रमुख अतिथिको रुपमा पाल्नु भएका कवि मुकुन्द शरण उपाध्यायले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरि पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको समुत्घाटन गर्नुभयो भने कबि समूह नेपाल तथा गोङ्गबु साहित्य समाजका अध्यक्षद्वयले तथा कार्यक्रमका सभापति तथा उपस्थित संपूर्णले पालैपालो आदिकवि भानुभक्त आचार्यको तस्बिरमा फूलमाला चढाएर भावपूर्ण श्रद्धा सुमन अर्पण गर्नुभएको थियो।
नेपाली राष्ट्रिय गानबाट शुरु भएको उक्त कार्यक्रममा तारा केशीले स्वागत मन्तब्य दिनु भएको थियो।





Comments

comments

30843