नेपाल मगर संघ युएईको अध्यक्षमा भरत राना मगर

लालबहादुर ढेंगा-
युएई दुबई । गएको २८ नोभेम्बर शुक्रबारका दिन दुबईको जाविल पार्कमा भएको नेपाल मगर संघ युएईको बिशेष महाधिवेशनले आगामी एक बर्षे कार्यकालका लागि भरत राना मगरलाई अध्यक्षको पदमा निर्वाचित गरेको छ। निवर्तमान अध्यक्ष हस्तराज दलार्मी मगरले आफ्नो अध्यक्ष पदबाट राजीनामा दिएपछि सो बिशेष महाधिवेशन गरिएको हो।

दुई चरणमा विभाजित पहिलो चरणलाई सचिव हर्क थापाद्धारा संचालन गरिएको विशेष महाधिवेशनको प्रमुख अतिथिमा निवर्तमान संरक्षक गिरमान थापा रहनुभएको थियो भने विशेष महाधिवेशनको अध्यक्षता निवर्तमान अध्यक्ष हस्तराज दलार्मी मगरले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा निवर्तमान उपसंरक्षक लालबहादुर ढेंगा अन्य अतिथिहरुमा विभिन्न क्षेत्रका पदाधिकारी र केन्द्रीय पदाधिकारीहरु रहेका थिए।

बिशेष महाधिवेशन प्रमुख संयोजक ललितमान रानाको शुभकामना मन्तव्य लगत्तै केन्द्रीय समितिका बार्षिक प्रतिवेदन रेशम सोमै मगरले राख्नु भएको थियो भने दुबई क्षेत्रीय समितिको प्रतिवेदन दोलराज राना मगर, फुजेराह समितिका प्रतिवेदन मेघ थापा, प्रशिक्षरण तथा संगठानिक प्रतिवेदन उपेन्द्र राना र कल्याणकारी कोषको लेखाजोखा प्रतिवेदन भरत राना मगरले राख्नु भएको थियो।

काठमाण्डौमा भएको अन्तर्राष्ट्रिय मगर सम्मेलनमा नेपाल मगर संघ युएईको तर्फबाट प्रतिनिधित्व गर्न जानु भएका चन्द्र सारु मगरले नेपालस्थित नेपाल मगर संघमा नेपाल मगर संघ युएईलाई दर्ता गराई “वैदेशिक संस्था आवद्धता प्रमाण–पत्र” हासिल गर्न सफल भएको छ । उक्त प्रमाण–पत्र चन्द्र सारु मगरले निवर्तमान अध्यक्ष हस्तराज दलार्मी मगरलाई हस्तान्तरण गरेको हो । सोही अवसरमा ५ औं विधान संशोधन समितिका संयोजक अशोक रामजाली मगरको संयोजकत्वमा संशोधन भएको विधानलाई समेत सर्वसहमतिले पारित गरिएको छ।

सन् २००५ मा स्थापना भएको नेपाल मगर संघ युएईले स्थापनाकालदेखि नै युएईस्थित संचालनमा रहेका विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै मगरहरुको संस्कृति, मौलिक भाषा, भेष भूसा र परम्परालाई पनि विदेशको भूमिमा उजागर गरेको पाईन्छ । युएईस्थित रहेका नेपालीहरुलाई मात्र नभएर नेपालस्थित आई परेका विभिन्न उद्धार कार्यहरुमा पनि आफ्नो सहभागिता जनाउदै आएका छन् नेपाल मगर संघ युएईले। निर्वाचन संयोजकमा चन्द्र सारु रहेको निर्वाचन समितिले भरत रानाको अध्यक्षतामा ३१ सदस्यीय नयां कार्यसमिति निर्वाचन गरेको छ । जसमा क्रमशः संरक्षकमा लालबहादुर ढेंगा, उपसंक्षकमा धनेन्द्र मास्की, अध्यक्षमा भरत राना, वरिष्ठ उपाध्यक्षमा ललितमान राना, उपाध्यक्षमा टंक थापा, सुजन थापा, भुवन मगर र राजु सिंजाली, महासचिवमा उपेन्द्र राना, सचिवमा हर्क थापा, कोषाध्यक्षमा अमर सेरपुर्जा, सहकोषाध्यक्षमा शिला राना र प्रवक्तामा रेशम सोमै मगरलाई निर्वाचित गरेको छ।

त्यसैगरी सदस्यहरुमा नुरेन्द्र दिसुवा, नविन थापा, कुम सारु, लोक सुनारी, सुनिता राना, भुवन थापा, निरु मगर, चन्दा पुलामी, विकास थापा र शिवराम रामजाली रहेका छन्। सल्लाहकार परिषद् प्रमुखमा चन्द्र सारु रहेका छन् भने सदस्यहरुमा अशोक रामजाली, खुमबहादुर आले, ज्ञानबहादुर सारु र जेवी राना रहेका छन्। अन्तर्राष्ट्रिय प्रतिनिधि संयोजकमा गिरमान थापा, महिला प्रतिनिधिमा वविता रास्कोटी मगर र सदस्यमा हस्तराज दर्लामी मगरलाई निर्वाचित गरिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3097