हङकङ समाचारः ताई लाम टनेलनजिक बस दुर्घटना, ७७ जना घाइते

एकापसमा ठोक्किएका बस। फोटो सौजन्यः अन सीसी

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ ३० जुलाई। हङकङमा एकपछि अर्को सवारी साधनको दुर्घटना बढिहेका छन्।

मंगलवार विहान साढे ८ बजे टिन शा वाईबाट एडमिराल्टीतर्फ जाँदै गरेको बस ताई लाम टनेलनजिक दुर्घटना हुंदा ७७ जना घाइते भएका छन्। प्रहरीका अनुसार एकै दिशातर्फ गइरहेका डेबल डेकर सीटी बस र केएमबी बस ठोक्किएका हुन्।

क्षतिग्रस्त बसको अग्रभाग।

केही घाइतेहरुलाई अस्पताल लगिएको छ भने केही सामान्य घाइते छन्। दुर्घटनापछि सडक बेही समय अवरुद्ध बनेको थियो।

दुर्घटनामा परेको बसका यात्रु।

यसअघि हिजो सोमवार साँझ एक प्रहरी भ्यान दुर्घटनामा परेको थियो। प्रहरी भ्यानले डबल-डेकर बस, एक कार र डिलिवरी भ्यानलाई चुन क्वान ओस्थित पो लाम रोडमा ठक्कर दिंदा तीन प्रहरीसहित ५ जना घाइते भएका थिए।

फोटो सौजन्यः अन सीसी

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31028