सहारा क्लब हङकङले आधारभूत फुटबल तालिम दिने

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २ जुलाई। सहारा क्लब हङकङले जुलाई ४ देखि १५ तारिखसम्म हङकङमा आधारभूत फुटबल तालिम सञ्चालन गर्ने भएको छ।

सहारा क्लब हङकङका प्रथम उपाध्यक्ष पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङको संयोजकत्वमा क्लबका सचिव एवम् पूर्वराष्ट्रिय खेलाडी, एनआइएस फुटबल प्रशिक्षक विलबहादुर तामाङ मुख्य प्रशिक्षक, पूर्व राष्ट्रिय खेलाडी तिलक गुरुङ र खुम गुरुङको प्रशिक्षणमा ९ देखि १६ बर्षका बालकहरुलाई सहभागि गराई तालिम प्रदान गरिनेछ।

सहारा क्लब हङकङले यस वर्षदेखि प्रत्येक वर्ष वर्षे विदामा यो कार्यक्रम सञ्चालन गर्ने योजना राखेको छ। यो तालिम हप्ताको तीन दिन जोर्डनको फुटबल मैदानमा सञ्चालन हुनेछ।

सहारा क्लब पोखराको शाखाको रुपमा दुई वर्षअधि स्थापना भएपछि हङकङको व्यस्त तालिकालाई समायोजन गरि विभिन्न सामाजिक संघ, संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर भई रहेकोछ। अधिल्लो वर्ष हङकङमा सहारा क्लब हङकङको आयोजनामा सहारा साँझ २०१४ को भव्य आयोजना भएको थियो। यो वर्ष पनि उक्त कार्यक्रमको दोश्रो संस्करण अक्टोवरमा हुने जनाइएको छ।

सहारा एकेडेमीका वालकहरु। फाइल तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

Sahara Club Soccer Programme – 2014
Summer Term ( 05 July – 19 JULY )
Player’s Name ________________________________Date of birth:______________(dd/mm/yy) Gender M/ F
Address ___________________________________________ Current School _________________________
Parent/Guardian Contact Details (to be used for emergency and administrative contact) :
Name _______________________ Mobile No. __________
Email _________________________

Please Ensure to bring :
1. Own football (size 4 ball)
2. Flat soled sports shoes
3. Shin Pads
4. Changed of sport clothes
5. Refreshments and Drinks

Beginners
SAT ( 05 JULY)
TUE (08 JULY)
08 AM – 11 AM

Intermediate
SAT ( 12 JULY)
TUE (15 JULY)
08 AM – 11 AM

SAT ( 19 JULY)
08 AM – 11 AM

Training Fees: Free

For Enquiries , Please Contact Us At
67318214 , 66908630 , Email Us : [email protected]
98458809 , 53718456 ,
51604114 , 62067567





Comments

comments

312