जापानमा एजीटीले निगमको टिकट बेच्ने

फाइल फोटो

नेपाल वायुसेवा निगम (नेवानि)ले जापानमा टिकट बिक्री गर्न त्यहाँको एडभान्स ग्लोबल ट्रान्सपोर्ट (एजिटी) लाई प्यासेन्जर सेल्स एजेन्ट (पिएसए) नियुक्त गरेको छ।

निगम व्यवस्थापनले एजीटीलाई टिकट बिक्री गर्ने एजेन्टका रुपमा नियुक्त गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकरी दिए । यो जापानको प्रख्यात ट्राभल कम्पनी एचआईएस कम्पनी लिमिटेडको सहायक कमपनी हो । एजीटीले काठमाडौँ–ओसाका–काठमाडौँ रुटको टिकट बिक्री गर्ने निमगको वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालले बताए।

यो रुटमा निगमले हाललाई प्रवद्र्धनात्मक भाडा दर ७२ हजार हाराहारी (दुईतर्फी) घोषणा गरेको छ । यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्।





Comments

comments

31236