जम्मु–कश्मीरका नेपालीः सुरक्षित तर चिन्तित

फाइल फोटो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले गरेको जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायत निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएका बेला त्यहाँ विभिन्न पेसा व्यावसाय गर्दै आएका नेपाली आफ्नो सुरक्षालाई लिएर चिन्तित छन्।

सुरक्षित रहे पनि द्वन्द्व बढ्न सक्ने अनुमानले चिन्ता थपिएको उनीहरु बताउँछन् । ‘अहिलेसम्म त्यस्तो नराम्रो केही भएको छैन, तर केही हुने हो कि भन्ने विषयले चिन्ता बढेको छ,’ जम्मुमा बस्दै आएका नरेश घतानीले कान्तिपुरसँग भने।

केन्द्र सरकारले गत सोमबार जम्मु–कश्मीरलाई विशेषाधिकार दिएका संविधानका धारा ३७० र ३५ (क) खारेज गरेपछि परिस्थिति अन्योलपूर्ण बनेको हो । सोमबारको निर्णयअघि नै जम्मु–कश्मीरका अधिकांश भागमा धराा १४४ मार्फत निषेधआज्ञा मात्र जारी नभइ मोबाइ, इन्टरनेट र केबल सेवासमेत बन्द गरिएको थियो । शन्बिारदेखि जम्मु–कश्मीरमा निषेधाज्ञा हटाइएको छ।

यी क्षेत्रमा धागो, औषधी, भाँडा र खाद्य उद्योग छन् । त्यहाँ नेपाली मजदुरको बाक्लो उपस्थिती छ । आइतबारदेखि फेरी बन्द हुने हल्ला चलेकाले के हुने हो भन्न सकिने अवस्था नरहेको घतानीले बताए । यो समाचार कान्तिपुर दैनिकमा सुरेजराज न्यौपानले लेखेका छन्।





Comments

comments

31304