प्रत्येक नेपालीलाई ३९,३१६ रुपैयाँ ऋण

नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ पुगेको छ।

गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो। गत आव प्रत्येक नेपालीलाई ४ हजार ७ सय २४ रुपैयाँ ऋण थपिएको छ।

महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा सरकारको ऋण १३.६५ प्रतिशतले बढेको छ।

अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्याङ्क विभागले सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार ३१६ रुपैयाँ हुन्छ। यो समाचार अन्नपूर्ण दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन्।





Comments

comments

31325