धर्मपुत्र–धर्मपुत्रीको नाममा बालबालिकाको तस्कर, ६ देशमा १३७ नेपाली बालबालिका

प्रतीकात्मक फोटो

नौ वर्षयता ६ मुलुकमा २० बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको सरकारी अभिलेख छ।

ती मुलुकका तथ्यांक जोड्दा त्यही अवधिमा १ सय ५९ नेपाली बालबालिका त्यहाँ धर्मसन्तानका रूपमा लगिएका छन्। बढी भएका १ सय ३७ जना कसरी गए ? यसले धर्म सन्तानका नाममा नेपालबाट बालबालिका तस्करी भइरहेको पुष्टि हुन्छ।

सरकारले १८ मुलुकमा बालबालिकालाई धर्मपुत्र–धर्मपुत्री बनाएर पठाउँदै आएको छ। तीमध्ये अमेरिका र युरोपका ६ मुलुकले नेपालबाट आफ्नो देशमा पुर्‍याइएका बालबालिकाको सूची हेग कन्फे्रन्स अन प्राइभेट इन्टरनेसनल ल (एचसीसीएच) लाई बुझाउने गरेका छन्। ती ६ मुलुकले सन् २०१० यता बुझाएका तथ्यांक जोड्दा १ सय ५७ नेपाली बालबालिका पुगेको पाइन्छ।

यही अवधिमा १८ देशमध्ये बाँकी १२ वटामा ८२ बालबालिका पठाएको सरकारी तथ्यांक छ। एचसीसीएचमा तिनले बुझाएको सूची पाउन नसकेकाले बाँकीको फरक भने थाहा हुन सकेन। तर, यसले अझ ठूलो संख्यामा नेपाली बालबालिका तस्करी भएको देखाउँछ।

कसरी पुगे विदेश?

सन् २०१० अघि नेपालबाट धर्म सन्तानका रूपमा बालबालिकालाई विदेश लग्न त्यति जटिल थिएन। २०१० पछि नेपाल सरकारले यो प्रणालीलाई जटिल र व्यवस्थित बनायो। धर्म सन्तान चाहने विदेशी परिवारले अनेक प्रक्रिया पूरा गर्नुपर्ने भयो। यसपछि बालबालिकालाई अवैधानिक रूपमा विदेश पठाउने क्रम बढ्यो।

तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले अन्तरदेशीय धर्मपुत्र–धर्मपुत्री व्यवस्थापन समिति गठन गरेर आफू मातहत नै बालबालिका विदेश पठाउन थाल्यो। र, विदेश पठाइएका बालबालिकाको तथ्यांक व्यवस्थित तरिकाले राख्न थाल्यो। यसअघि नेपालले सन् २००९ मा हेगमा भएको अन्तरदेशीय धर्मपुत्र–धर्मपुत्री बालबालिकाको संरक्षण र सहयोगसम्बन्धी महासन्धिमा हस्ताक्षरसमेत गर्‍यो। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा आकाश क्षेत्रीले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31348