X
    Categories: देशविदेशको खबर / गतिविधि

किरातहरुको चाड चासोक तङनामको सन्दर्भमा

– तिलविक्रम थेवे, दोहा, कतार
किरात लिम्बुजाति स्वपहिचान भएको एक पृथक समुदाय हो। अन्नवाली भित्राइएको याम पारेर ऋतु परिवर्तन अर्थात् सूर्यको दक्षिणायनसंगसंगै किरातहरुले चासो तङताम मनाउदै आएकाछन्। यो चाड लिम्बुवानहरुले गाँउघर, शहरबजारमा मात्र नभएर प्रवासमा समेत मनाउदै आएकाछन्।

वालीनाली भित्राइएको याममा मनाइने गरेको यो चासोक तङनामलाई किरात याक्खा जातिले ‘चोसोवा’, किरात सुनुवार जातिले ‘शा“दर’, किरात राई जातिले ‘सेमुना साकेन्वा’, हायुजातिले ‘कागुनी न्वागी’, जिरेल जातिले ‘न्वागी चास्या’ भनेर आआफ्नो संस्कार र संस्कृति अनुसार मान्दछन् भने किरात लिम्बू समुदायले यही चाडलाई चासोक तङनाम भनि हर्सोल्लासका साथ मनाउने गर्दछन्।

याक्खा जातिले मान्ने चाड ‘चोसोवा’, सुनुवार जातिले मान्ने चाड ‘शा“दार’, लिम्बु जातिले मान्ने चाड ‘चासोक तङनाम’ र राई जातिले मान्ने चाड ‘साकेन्वा’ वा ‘साकेला’, हायुजातिले ‘कागुनी न्वागी’, जिरेल जातिले ‘न्वागी चास्या’ भन्ने शब्दहरु अहिले सम्बन्धित समुदायमा पर्वको रुपमा अत्यन्त प्रचलित छन्।

वास्तवमा यो चाड किरातहरुहरुको मौलिक संस्कार र संस्कृतिभित्र पर्ने महान चाडमध्ये एक हो। किरातवंश भित्रका याक्खा सुनुवार, लिम्बू, राई, हायु, जिरेल, सुरेल, धिमाल जातिको बसोबास पृथक भूगोल, फरकफरक भाÈा, संस्कार र संस्कृति आदिको कारणले किरात चाडको नाम, मुन्धुमी प्रसङग, पूजा गर्ने देवीदेवता, पूजा विधि, पुजारीका नाम आदि पनि फरकफरक रहेको पाइन्छ।

कुनैपनि मुन्धुममा ‘किरात चाड’ भनेर भनिएको कतै नभेटिने हुनाले आराध्यदेव, प्रकृति तथा पितृ पुजक किरात लिम्बू जातिले मान्ने यो मुन्धुमी विधीविधान वास्तवमा मुन्धुमी विधीविधानसंगै जोडिएको संस्कार हो र यो परम्परादेखि चल्दै आएको मुन्धुममा आधारित छ । ‘किरात’ र ‘चाड’ भन्ने शब्दहरु त वास्तवमा अन्य भाÈाबाट किरात समुदायमा आएको आगन्तुक शब्दहरु मात्र हुन्।

यी सबै आख्यान तथा विधिहरु मुन्धुमस“ग जोडिएका छन् र आफ्नै सजातीय पूजारीहरु फेदाङमा (लिम्बू), नाक्छोङ (राई), ना?सो (सुनुवार), फोम्बो (जिरेल), फोचो (हायु) द्धारा पुजाआजा गरिने चलन चल्दै आएको छ।

लिम्बू जातिको विश्वास अनुसार सर्वशक्तिमान माङ तागेरानिङवाफुमाले यम्भामी पोरोक्मीलाई सारा सृष्टि गर्न लगाउनुका साथै मानवजातिको आहाराको लागि अन्नवालीको बीउबिजन दिएकाले पाकेको नया“ अन्न उनैलाई चढाउने प्रचलन चल्दै आएको हो।

अझ अन्नपात, विउविजन मौसम अनुसार रोप्ने, गोडमेल गर्र्ने, फलाउने, अन्न वाली भित्राउने र पकाएर खानेजस्ता कुराहरु खान सावा येहाङ (आदिम मानव) की चेली सिबेरा एक्थुम्मा सिबेरा येभुङगेक्माले सिकाएकी भन्ने जनविश्वास रहेकोले लिम्बू जातिले यिनै पात्रलाई मूलरुपमा पूजा गर्ने वा नया“ अन्न चढाउने गर्दछन् । योबाहेक लिम्बूहरुले युमा, थेबा, काप्पोबा, थुङधाङबा, आदि घरभित्र पुजिने देवताहरुलाई न्वा“गी स्वरुप नयाँ अन्न चढाउने गर्दछन् । शुभकार्यमा वाधाअड्चन ल्याउने मिसेक, कुइकुदापको समेत त्यसवेला पनि पूजा गरिन्छ।

राई जातिले भने आफ्नो आदिम पुर्खा पारुहाङ र सुम्निमाको प्रतिक शिला गाडी पूजा गर्ने चलन छ। पुजा गरिसकेपछि जङगलमा सिकार खेल्ने, भस्मे, झोसेनीपोतेनी, झारबुटो फाँड्ने, बस्ती बसाउने, अन्नबालीको बीउ पत्ता लगाउने, खेती गर्नेजस्ता सीपहरु राई जातिले नृत्यको माध्यमबाट प्रस्तुत गर्ने गर्दछन्।

किरातवंशको एक प्रमुख शाखा लिम्बुजातिले बालीनाली लगाउनुपूर्व यक्वा सेवा (वैशाखे पूर्णिमाको दिन गरिने उभौली पूजा) गर्दछन् । सोही दिन रोपिएको बीउ बिजन राम्रो होस्् फुलोस्, फलोस् भनेर प्रकृति र आफूले मानीपूजी ल्याएका देवताहरुसंग भाकल गर्ने प्रचलन पनि छ । यही भाकल अनुसार अन्नबाली पाकेपछि सकुशल अन्नबाली फल्न, पाक्न सहयोग पु¥याउने प्रकृति, पशुपंक्षी आदिलाई धन्यवाद ज्ञापन गर्ने अवसरको रुपमा लिम्बूहरुले किरात चाड चासोक तङनामलाई लिने गर्दछन्।

किरात चाड चासोक तङनाममा किरात लिम्बू जातिहरुले पूजापाठ गर्नुका साथै एकआपसमा भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने, परम्परागत नाचगान गर्ने, मौलिक भेÈभूÈा लगाउने र आफन्तजनस“ग सजातीय मीठामीठा खानपिनका परिकारहरु बनाएर खाने चलन चल्दै आएको छ। राई जातिमा सासुबुहारी, बाबुछोरादेखि नातिनातिनासम्म एकै ठाउ“मा भेला भई सेमुना साकेन्वा धक फुकाएर नाच्ने गर्दछन् । यसरी नै सुनुवार जातिमा पनि शा“दार पूजाआजा सकिएपछि ढोल र झ्याम्टा बजाएर विभिन्न सिलिहµ नाच्दै मनोरञ्जन गर्दछन्।

लिम्बूजातिहरु भने उनीहरुको जातिको आदिम खेलाडी पोरोक्मी यम्भामीलाई स्मरण गर्दै पक्लुङ लेप्मा (छेलो हान्ने) खेल खेल्दछन्। यही अवसरमा तरुनी तन्नेरीहरुको फुङवा चाङमा (जीवनरुपी फूल जगाउने) मुन्धुमी कर्मपनि सम्पादन गर्दछन्। किशोर किशोरीहरु परिपक्व उमेरमा प्रवेश गरेको सङकेतको रुपमा चाङवान् लेक्मा (विशेÈ विधिविधानका साथ लिम्बु भेषभुषा अर्थात् तागाबा, मेख्ली, गरगहना लगाइदिने प्रचलन) सुअवसरको रुपमा पनि चासोक तङनामलाई लिम्बूहरुले लिने गरेकाछन् ।के लाःङ (च्याव्रुङ नाच), या?लाःङ (धान नाच) पनि यो चाडमा प्रस्तुत हुने थप आकर्Èण हुन्।

याक्खा याक्खामाहरु एक ठाउंमा भेला भई केवलाक, चावकलाक गर्ने, विभिन्न जातिय संस्कृति झल्कने प्रतियोगिताहरु आयोजना गर्ने, नाचगान गर्ने, शुभकामना आदानप्रदान गर्ने पनि गर्दछन् भने सुनुवार जातिले मनाउने शा“दारले सामाजिक तथा सांस्कृतिक रुपमा मानवीय एकता, शान्ति, सद्भाव र समन्वय स्थापित गर्दछ भन्ने यो जातिको विश्वास रहेको छ । डाह, इष्र्या, रिसइबी छोडेर व्यक्तिगत हितभन्दा माथि उठेर “हामी” भन्ने भावनाले ओतप्रोत भई सामुहिक हितका लागि ऐक्यवद्धता जनाउने पर्वको रुपमा सुनुवार जातिहरुले यो शा“दार चाडलाइ लिने गरेकाछन्।

नेपालमा जस्तै कतार, युएई, मलेसिया, इस्रायल, ब्रुनाई, हङकङ, युके, अमेरिका, क्यानडा, लगायत वस्ने प्रवासमा रहेका किरात लिम्बू समुदायले सक्रियरुपमा चासोक तङनाम भव्य रुपमा मनाउदै आएकाछन्।

किरात लिम्बू समुदायमा यक्वा सेवा अर्थात् उभौली पूजा सामूहिक रुपमा मान्ने चलन रहेको पाइन्छ । तुलनात्मक रुपमा पहिला पहिला चासोक तङनाम अर्थात् उधौली पूजा भने बढी पारिवारिक परिवेशमा मनाउने चलन थियो । परिवार तहमा गरिने चासोक पूजा अब आएर सिङगो समुदाय एकैठाउ“मा भेला भएर माङसाम्माङ (देवीदेवता) को पूजा गर्ने, प्रकृतिको पूजा गर्ने, मनोरञ्जन, खेलकुद गर्ने, मेला लगाउने जस्ता कार्यक्रमहरु आयोजना गरेर मनाउदै पनि आएकाछन् । परम्परागत रुपमा चासोकमा एकराते तङसिङ समेत राख्ने परम्परा पनि हालसम्म पालना गरिदै आएको छ ।
विश्वमा परम्परादेखि मान्दै आएका सबैप्रकारका चाडपर्वहरु आरम्भमा निश्चित समुदाय वा जातिले मान्ने गरेको इतिहास भएपनि चाडपर्वहरु समाज विकासको दृष्टिकोणले एकपछि अर्को समुदायमा पनि फैलदैै जाने गरेको पाइन्छ, । जसरी नेपालमा गणतन्त्रपछि छठपर्वको प्रभाव गैरतराई मधेसी समुदायमा पनि फैलिदै गएको र अन्यले पनि आत्मसाथ गर्दै गएको पाइन्छ किरात चाड चासोक तङनाम लगायत अन्य जनजातीहरको चाडवाडको सवालमा पनि यो सानदर्भिक हुदै गएको छ र हुदै जानुपर्छ।

किरात चाड चासोक तङनाममा नया“ पाकेको अन्नबाली आफूले मानेको देवी–देवता, पितृ, प्रकृति आदिलाई चढाइने भएकोले यो एउटा निश्चित जाति वा समुदायमा मात्र केन्द्रित हुनुपर्ने कुनै कारणपनि छैन । यसको लागि परापुर्वकाल देखि किरात चाड मनाउने जातिहरु पनि यस विषयमा खुला हुनुपर्छ । किरात चाड चासोक तङनामलाई दशै हिन्दुहरुको मात्र महान् चाड भनेजस्तो किरातहरुको मात्र हो भने जस्तो नगरेर सम्पूर्ण नेपालीको चाड भनी सोही अनुसार यसको प्रवर्धन गर्नु आवश्यक छ।

नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटकपटक गर्दै आएको ऐतिहासिक सङघर्È र जनआन्दोलनको परिणामस्वरुप अहिले मुलुक धर्मरिपेक्ष भएको छ । मुलुकका सम्पूर्ण जातजातिले मान्ने चाडपर्वहरु संवैधानिक नैसर्गिकताको हिसाबले समान महत्वका भएपनि व्यवहारमा यो नदेखिएको यथार्थता सबैको सामु छर्लङ्गगै छ।

अहिलेको धर्म निरपेक्षता सम्मको अवस्थामा पुग्न पनि किरात समुदायहरुबाट निकै लामो सङघर्षको बाटो तय भएको छ। रिदामा र रामलीहाङजस्ता किराती सांस्कृतिक अगुवाहरु त्यही किरात चाडको पÔमा काम गर्दा सहादत प्राप्त गर्नु परेको इतिहास पनि हाम्रो सामु छ“दैछ । यिनै कुराहरुको फलस्वरुप नेपालका विभिन्न धर्मावलम्बीहरुले मान्ने चाडपर्वहरुसंगै किरात धर्मावलम्बीहरुले मान्ने किरात चाड चासोक तङनामलाई पनि नेपाल सरकारले २०६४ फागुन १८ गते निर्णय गरी राष्ट्रिय पर्वको मान्यता दिएको छ।

किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाको अथक प्रयासको वावजुत तत्कालीन सरकारले सम्बन्धित जातिका कर्मचारीका लागि मात्र भनेर विदा दिने निर्णय गरिसकेको छ।

लामो समयसम्म शासकहरुको दवदवामा परेकोले किरातहरुको चाड चासोक तङनाम एकरुपता र भव्यताका हिसाबले लोकजीवनमा पुर्णरुपमा स्थापित हुन सकेको छैन । यसले पूर्णता पाउन लामो समय लाग्ने त छदैछ अझ राज्यकै नीतिका कारण किरात चाड चासोक तङनाम लगायत अन्य जनजातीका चाडवाडहरुले यस्तो हविगत भोग्नु परेकोले अब यसलाई पूर्णता प्रदान गर्नपनि जातिय पहिचानमा आधारित संघियताको माध्यमबाट मात्र सम्भव हुने कुरा पनि यहा प्रसंग जोड्न उपयुक्त होला।

मुलुक संघिय गणतन्त्रमा प्रवेश गरेपछि हामी जाति राष्ट्रको अवधारणावाट अघि बढिरहेका छौ“ । यसर्थ एउटा जाति राष्ट्रले अर्को जाति राष्ट्र र उसले पालन गर्ने आचारव्यवहार र आदर्शलाई समान जाति राष्ट्रको हैसियतले मान्छौ, सम्मान गछौ“, विगतमा जस्तो एउटाले दमन गर्ने र अर्कोले सधै“ आलोचना गर्ने, घृणा गर्ने परम्पराबाट हामी मुक्त हुन प्रयासरत छौ“ र यो जरुरी पनि छ।

यसर्थ जुनसुकै नेपाली समुदायले मान्ने चाड पर्व नेपाली चाडपर्व हो, नेपाली सभ्यताको अभिन्न अंग हो, सम्पूर्ण नेपालीको पहिचान हो। सबै नेपाली चाडपर्वलाई हामी सबै नेपालीले मान्नुपर्छ। जातिय समुदायले आआफ्नो विधी र संस्कारअनुसार मान्दै आएको जुनसुकै चाडपर्वहरु सवै नेपालीहरुको हो। कुनैपनि नेपाली चाड कुनै जाति वा समुदायको मात्र विराशत र पेवा हुदै होइन, त्यो त सिङगै मुलुक र समग्र नेपालीको परिचायक हो भन्ने सवैले बुझ्नु आवश्यक छ।

अन्त्यमा किरात चाड चासोक तङनामलाई फगत चाडको रुपमा मात्र नभएर जातिय पहिचान सहितको सङघीय राज्य निर्माण अभियानसंग जोडेर लिम्बुवान प्राप्तिको ऐतिहासिक पर्वका रुपमा मान्नुपर्ने जिम्मेवारी पनि उत्तिकै छ। यसकारण यस महान चाडलाई मानव एकता, शान्ति, सद्भाव र समन्वय गर्ने अवसर मात्र नभएर समावेशी, समानुपातिक, जातिय पहिचान र स्वातत्तता सहितको जातिय पहिचानको सङघीय संविधान निर्माण र सोही अनुसारको राज्य पुनसंरचनास“ग समेत जोडेर यस्ता चाडवाडहरुलाई हेरिनु आजको आवश्यकता हो।

Comments

comments

admin :

Comments are closed.