ओली–नेपाल चर्काचर्की, ओलीले स्विकारेनन् स्वास्थ्यलाभको कामना

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर आनुअघि बसेको नेकपा सचिवालय बैठक‘अप्रिय’ बन्यो।

बैठकमा ठोस एजेन्डाबारे छलफल भएन । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेपाल माधवकुमार नेपालबीचको चर्काचर्कीका कारण अरु विषयले प्रवेश नै पाउन सकेन।

सहभागी एक नेताका अनुसार संवाद यतिसम्म तल पुगे कि नेपालले ‘स्वाथ्य लाभको कामना छ’ भन्दा प्रधानमन्त्रीले ‘तपाईँको स्वस्थ्य लाभको कामना चाहिएन’ भन्दै अस्वीकार गरे।

पार्टीका गत शुक्रबार र आइतबारको बैठकका निर्णयलाई लिएर नेता नेपालले सातबुँदे लिखित असहमति राखेका थिए । बिहीबारको बैठकमा त्यही लिखित असहमति र त्यसपछि नेताहरुबीच उत्पन्न तरंगले प्रवेश पायो। यो समाचार कान्तिपुर दैनिकमा छ।





Comments

comments

31528