दुलही बनाएर चीनतर्फ ‘तस्करी’

दुलही तस्करी

‘बिबिरानी’ भनिने रिना तामाङर्ला देख्नेहरुले चिनियाँ ठान्छन्। चिनियाँ भाषा राम्रै बोल्छिन्।

सिन्धुपाल्चोक, हेलम्बु–की म्यारिज ब्युरोमार्फत चिनीयाँ नागरिकसँग बिहे गरेकी थिइन्। तर पछिको मृत्यु भयो।

त्यसपछि उनी नेपाल–चीन बरोबर आउजाउ गरिरन्थिन् । यीनै बिबिरानीलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यरोले गत बुधबार पक्राउ गर्‍यो।

आरोप छ–उनले म्यारिज ब्युरोको नाममा नेपाली गाउँले चेलीलाई चिनीयाँ नागरिकसँग बिहे गराउने धन्दा चलाएको।

पक्राउ पर्नेमा रोज तामाङ र अन्य चार नेपाली एजेन्ट पनि छन् । दुर्गमका चेलीलाई आर्थिक प्रलोभनमा पारी चिनीयाँसँग बिहे गराएर पठाउन एजेन्टहरु सक्रिय देखिएका छन्।

यसलाई मानव तस्करीकै नयाँ स्वरुप मानेको प्रहरीले गत बुधबार मात्र ४ चिनीयाँसहित ६ नेपालीलाई पक्राउ गरेको हो।

यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।





Comments

comments

31653