गोरखा र ब्रिटिश भेटरनको संयुक्त कोणसभा ‘टेन डाउनिङ’ अगाडि

सन्तोष थलङ / एचकेनेपाल डट कम –
लण्डन, ७ डिसेम्बर। गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके /नेपालले टेन डाउनिङ स्ट्रिट (लण्डन) परिसरमा समान पेन्सनलगायतका सम्पूर्ण मागहरु पुरा गर्न बेलायत सरकारसंग माग गर्दै ब्रिटिश आर्मी, नेभी र एयरफोर्सका भेटरनहरुहरूसंग आइतवार संयुक्तरुपमा दवावमूलक र्याली सम्पन्न गरेकोछ।

ब्रिटिश भेटरनहरुले गोरखाहरुलाई सेवा सुबिधामा बिभेद हुनु निन्दनिय ब्यवहा र हो भन्दै आन्दोलनमा एेक्यवद्धता जनाएका हुन्। करीव ६०० को संख्यामा सहभागी भएका गोरखाहरु र ब्रिटिश भेटरनहरुले बिभिन्न प्रकारका ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका थिए। वाईट हल स्ट्रिटबाट आरम्भ भएको पैदल जुलुशले मेमोरियल यार्डमा रोकिएर दिवाङ्गत ब्रिटिश / गोरखा, योद्धाहरुको सम्झनामा २ मिनट मौनधारण गरेको थियो।

त्यसपछि उक्त जुलुश प्रधानमन्त्री कार्यालय अगाडि गएर कोण सभामा परिणत भएको थियो। सो सभालाई ब्रिटिश भेटरनका तर्फबाट रोबर्ट ग्रे ले र गोरखा सत्याग्रहका तर्फबाट ज्ञानराज राइ, सन्तोष थलङ, सूर्य नेम्वाङ, कमला थापा, मे मानबहादुर राई र कृष्ण राईले सम्बोधन गरेका थिए।

वक्ताहरुले नेपाल र बेलायतमा भईरहेका आन्दोलनका अवस्था, एपिपिजीबाट प्राप्त जानकारी र नेपाली नागरिकताको अभियान आदिका बिषयमा बोलेका थिए। एपिपिजीका अनुसार बेलायत अध्यागमन मन्त्रालयले गोरखाका आश्रित वयस्क छोरा छोरीका बिषयमा जनवरी पहिलो साता २०१५ भित्र नयाँ नीति घोषणा गर्ने ज्ञानराज राईले जानकारी गराए। साथै समान पेन्सनबाहेक अन्य १६ प्रकारका मागहरु चाँडै बेलायत सरकारले घोषणा गर्ने जानकारी एपिपिजीबाट प्राप्त भएको कृष्ण राईले जानकारी दिए।





Comments

comments

3168