बैंक खाता नभए वैदेशिक रोजगारीमा जान नपाइने

फाइल फोटो

वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।

रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य गरिएको हो।

वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंक खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने जनाउँदै सूचना समेत जारी गरिसकेको जनाएको छ।

विभागले नेपाल राष्ट्र बैंकबाट कारोबार अनुमति लिएका विकास बैंक र वाणिज्य बैंकको कुनै पनि शाखामा खाता खोल्न सकिने जनाएको छ। काराेबार दैनिकमा गोपाल संग्रौला यो खबर लेखेका छन्।





Comments

comments

31702