त्रिभुवन विमानस्थलमा सुरक्षित छैन यात्रुको सामान

फाइल फोटो

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरी हुने समस्या फेरि दोहोरिन थालेको हो।

केही समय सुन्न नपाएको चोरीको घटनामा पछिल्लो पटक एउटै उडानबाट आएका तीनजना सरकारी कर्मचारी सिकार बनेका छन्।

अघिल्लो शनिबार भदौं ७ गते मलेसियाको मालिन्दो एयरबाट काठमाडौं आएका हुलाक सेवा विभाग र फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका कर्मचारीको झोलाबाट नेपाली रुपैयाँ, कपडा, मिठाइ र चकलेट चोरीएको हो।

सरकारी काममा इन्डोनेसिया गएर मलेसिया हुँदै फर्केको टोलीका चारवटा झोलाबाट उक्त समान हराएको सम्बद्ध यात्रुले बताए । ताला लगाएर बुझाएको झोला काठमाडौंमा ताला तोडेको अवस्थामा भेटिएको उनीहरुले बताएका छन्। यो समाचार मिनराज भण्डारीले नागरिक दैनिकमा लेखेका छन्।





Comments

comments

31735