भालेविरुद्ध मुद्दा हाल्ने नै कारबाहीमा

फाइल फोटो

एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छिन्।

फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन्।

त्यसका साथै उनले भाले हटाउनसमेत अदालतमा माग गरेकी थिइन् । मुद्दाको सुनुवाइ गर्दै अदालतले उनको मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको थियो । तर भाले धनी बुसे क्षेत्रीय अदालत रोसफोर्ड कोर्टमा पुनरावलोकनका लागि मुद्दा दायर गरेकी थिइन्।

दुवै तर्फको बयान, प्रहरीको अनुसन्धान, मरिनीले कपियनका मेयरले भालेका पक्षमा दिएको समर्थन र जीवजन्तुको अधिकारका पक्षमा आएका दस्तावेजहरुको अध्ययनपछि अदालतले बिहीबार उजुरीकर्तालाई नै एक हजार युरो जरिवाना गरेको हो । यो समाचार कान्तिपुर दैनिकमा ददि सापकोटाले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31776