ओलीजीसँग अभूतपूर्व निकटता: मोदी

फाइल फोटो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताएका छन्।

भिडियो कन्फेरेन्समार्फत मंगलबार द्विदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै उनले दुई देशीबीच उच्च राजनीतिक तहमा संवाद र भेटघाट बढेको भन्दै यसलाई उपलब्धीका रुपमा अर्थ्याए।

‘केही वर्षयता हामीबीच उच्च राजनीतिक तहमा अभूतपूर्व निकटता कायम भएको छ र नियमित सम्पर्क स्थापित छ,’ मोदीले भने,‘पछिल्लो डेढभित्र मात्र मेरा मित्र प्रधानमन्त्री ओलीजी र मबीच चारपटक भेट भइसकेको छ।’

उनले जनस्तरको सम्बन्ध नै द्विपक्षीय सम्बन्धको आधार भएकोमा जोड दिए। प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले काठमाडौँ र दिल्लीबाट एकैचोटि पाइपलाइनको स्वीच थिचेका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ।





Comments

comments

31832