हङकङको नयाँ कानुन ‘एन्टी मास्क ल’ उल्लंघन गर्ने ७७ जना पक्राउ

फोटोः रोयटर्स टिभि

न्युज डेस्क / एचकेनेपाल डट कम –

अक्टोबर ९ । हङकङमा जारी आन्दोलनलाई दबाउन सरकारले ल्याएको नयाँ कानुन एन्टी मास्क ल उल्लंघन गर्ने ७७ जना पक्राउ परेका छन्।

अक्टोबर ५ तारिखदेखि लागु गरेयता एन्टी मास्क ल उल्लंघन गर्ने ७७ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

एन्टी मास्क ल उल्लंघन गर्नेलाई दण्डस्वरुप १ वर्ष जेल सजाय र २५ हजार हङकङ डलर जरिवाना तोकिएको छ।

आगजनी

सुपुर्दगी कानुनको विरोध गर्दै शुरु भएको आन्दोलन पछिल्लो पटक हिंसात्मक बन्दै गएको छ।

फाइल फोटो

प्रदर्शनकारीबाट मास्क लगाएर पहिचान लुकाउंदै सार्वजनिक सम्पतिमा तोडफोड र आगजनी, आन्दोलनप्रति नकारात्मक धारणा राख्नेमाथि कुटपिट गर्ने जस्ता हिंसात्मक गतिविधिको ऋंखला बढ्दै गएपछि नियन्त्रण गर्न सरकारले आपतकालीन नियमनकारी अध्यादेश जारी गरेर एन्टी मास्क ल लागु गरेको थियो।





Comments

comments

Trending Now : कक्षा १२ का अनिलले बनाए हात्ती धपाउने साइरन ड्रोन
32189