एकताको १७ महिनापछि पार्टी गतिविधिप्रति दाहालको असन्तुष्टि

पुष्पकमल दाहाल

सत्तारुढ दल नेकपाको पछिल्लो गतिविधिप्रति पार्टीकै एक अध्यक्ष असन्तुष्ट देखिएका छन्।

अध्यक्ष पुष्पकमल दाहालले ‘अराजक गतिविधि’ मौलाउन लागेको बताएका छन्।

एकले अर्कोलाई सिध्याउने खेल सुरु भएको उनको ठम्याइ छ। उनले यसलाई डरलाग्दो रोगका रुपमा चित्रण गरेका छन्।

पार्टी एकताको १७ महिनापछि उनले पार्टीमा देखिएको विकृतिको आलोचना गरेका हुन्। नेकपा चितवनले आयोजना गरको चियापान कार्यक्रममा उनले पार्टीभित्रका बेथितिको चर्चा गरे। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा अनिल ढकालले लेखेका छन्।





Comments

comments

32296