आलममाथि १२ वर्ष अघि नै गरिएको थियो सर्वस्वसहित जन्मकैद मागदाबी

फाइल फोटो

तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम राणाले रौतहट बम विस्फोट घटना र घाइतेका विषयमा आफूहरु जानकार नै नरहेको बताए पनि कांग्रेस सांसद मोहमद अफताब आलममाथि १२ वर्ष अघि प्रहरीले नै सर्वस्वसहित जन्मकैद सजाय हुनुपर्ने मागदाबी गरेको खुलासा भएको छ।

२०६४ चैत ७ गते राति विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा लगेर मारिएको कसुरसम्बन्धी प्रहरीको अनुसन्धान प्रतिवेदनमा आलमसहितका आरोपितमाथि सर्वस्वसहित जन्मकैद सजाय मागदाबी लिएर प्रहरी जिल्ला वकिलको कार्यालय पुगेको पाइएको हो।

‘बम विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा लगेर मारेको अभियोगमा मुलुकी ऐन २०२० को महल १० ज्यानसम्बन्धी कसुरको दफा १३ क अनुसार आलममाथि सर्वस्वसहित जन्मकैद सजाय माग दावी गरिएको थियो,’ त्यतिबेला प्रहरीले तयार पारेको प्रतिवेदन उल्लेख गर्दै स्रोतले भन्यो । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।





Comments

comments

32356