राजपुर काण्ड: अनुसन्धानमा खटिएका सबै अधिकृतको छानबिन हुने

महम्मद आफताब आलम

नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभाका सदस्य महम्मद आफताब आलम पक्राउ परेपछि राजपुर बम विस्फोटका बेला जिल्लामा कार्यरत र अनुसन्धानमा खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा पर्ने भएका छन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले प्रहरीलाई असार ६ गते तत्कालिन अनुसन्धान अधिकृतहरुलाई समेत छानबिनको दायरामा ल्याएर सत्य तथ्य पत्ता लगाउन निर्देशन दिएको थियो।

अधिवक्ता पुष्पराज पौडेलले जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध अवहेलना निवेदनको सुनुवाई गर्दै उक्त इजलासले ‘कुन–कुन अवधिमा को–को अनुसन्धान अधिकृत नियुक्त भई अनुसन्धान के–कसरी अघि बढाएको हो, त्यसको जानकारी लिनू र समन्वय गरी अगाडि बढ्नु’ भन्ने आदेश दिएको थियो। यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।





Comments

comments

32397