सामसुङ् कम्पनीमा मृत्यु भएका दराईका छोराछोरीलाई आर्थिक सहयोग

निमकान्त पाण्डे / एचकेनेपाल डट कम-
मलेसिया। बैदेशिक रोजगारीमा मलेसियाको सामसुङ् कम्पनी पुगेका चितवनका सन्जित दराईको पुगेकै २२ दिनका दिन हृदयघातका कारण मृत्यु भएको थियो।

साहुसँग ऋण काडेर ठूलो सपनाका बोकी मलेसिया पुगेका दाराईलाई महिना दिनको तलबसमेत बुझ्न नपाउदै कालले टपक्कै टिपेर लग्यो।

” यो मन त नेपाली हो ” कम्पनीमा कार्यरत नेपाली साथीभाई मिलेर दराईका सा-साना छोरा छोरीको अध्यारो भबिष्यलाई केही सहयोग गर्ने हेतुले सहयोगार्थ स्वरुप नेपालीहरु मिलेर संकलन गरेको नगद रकम सुसमित दराई र सबिनाको नाममा १ लाख ६५ हजार ८ सय २७ (१६५८२७) बैक मार्फत पठाएको ज्ञान कुमार श्रेष्ठले बताएका छन्।





Comments

comments

3240