सहकारी बैंकमा जम्मा भएको ३० लाख रुपैयाँ लिएर कर्मचारी फरार

फाइल फोटो

जनकपुर ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्ने शान्तिपुर गाउँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरु कंगाल बनेका छन्।

बटेश्वर गाउँपालिक–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन् । मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत ब्याजदरमा अर्को व्यक्ति नै फरार भएपछि उनीहरु अहिले बिचल्लीमा छन्।

चार वर्षअघि गाउँकै सुरेन्द्र सिंहकी पत्नी जसोधा सिंह छिमेकी लघुवित्त विकास बैंकको सहजकर्ता बनेर आइन्। जसोधाले मासिक बचत गर्नेगरी पाँचजनाको दरले पाँचवटा समूह बनाइन् । प्रतिमहिना सदस्यहरुले तीन सय रुपैयाँका दरले जम्मा गर्न थाले। जम्मा गरेको पाँच वर्ष पनि बित्यो।

तीन वर्ष पूरा भएपछि संस्थाकी कर्मचारी जसोधाले आफूलाई आवश्यक परेको भन्दै सदस्यले जम्मा गरेको पैसा निकालेर व्यक्तिगत काममा प्रयोग गरिन्। छिट्टै ब्याजसहित पैसा फिर्ता गर्ने आश्वासन उनले दिएकी थिइन्। गाउँलेका अनुसार उनले त्यो पैसा घर निर्माणमा खर्चिन्।

बिस्तारै जसोधाले गाउँका सामान्य महिलालाई अन्य तीन संस्थामा पनि आबद्ध गराइन् र सबै संस्थाबाट १६ प्रतिशत ब्याजदरमा ऋण निकालेर ३६ प्रतिशत ब्याजमा लगाउन आग्रह गरिन् । यो समाचार नागरिक दैनिकमा कमलेश ठाकुरले लेखेका हुन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

32465