विपाशा र करणको प्रेम प्रसंग फेरि चर्चामा

एजेन्सी। विपाशा बसु र करण सिंह ग्रोबरको अफेयरको चर्चा त्यतिवेलादेखि नै बलिउड उद्योगमा जारी छ जतिबेला उनीहरुले साथै काम गर्न सुरु गरेका थिए।

उनीहरु अहिले आफ्नो आगामी फिल्म ‘एलोन’ को छायांकनमा व्यस्त छन्। फिल्ममा विपाशाको दोहोरो भूमिका छ। हालै फिल्मको ट्रेलर लन्चको मौकामा करणलाई सोधियो – उनलाई विपाशाको साथ रोमान्स गर्दा कस्तो लाग्यो? त्यस प्रश्नमा उनले भने,‘विपाशाको साथ रोमान्सको अनुभव निकै राम्रो लाग्यो।’ उनीहरुको अफेयरको चर्चा अहिले पनि उत्तिकै जारी छ। त्यसो त केही समयअघि विपाशा र हरमनको सम्बन्धमा दरार आएको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।





Comments

comments

3247