उपत्यकामै बढ्दै छ यौनजन्य हिंसा

प्रतीकात्मक फोटो

नेपालमा प्रत्येक दिन सरदर छवटा जबरजस्ती करणीसम्बन्धी अपराधका घटना हुने गरेका छन्।

आर्थिक वर्ष २०७५र७६ मा देशभर दुई हजार २३१ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन्।

उपत्यकामै घटना बढ्दै
काठमाडौँ उपत्यकामा पनि जबरजस्ती करणीसम्बन्धी घटना एक्कासि बढेको प्रहरीको भनाइ छ । आर्थिक वर्ष २०७५÷७६ मा मात्र ५२५ वटा मुद्दा दर्ता भएका छन् । काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी यतिका घटना भएका हुन् । अघिल्लो आर्थिक वर्षको घटनाको एकीकृत विवरण नदेखिए पनि प्रहरीको भनाइमा घटना बढिरहेका छन्।

यही साउनदेखि असोज मसान्तसम्म काठमाडौँ जिल्लामा मात्र जबरजस्ती करणीसम्बन्धी ६७ वटा अपराधका घटना भएका छन् भने जबरजस्ती करणी उद्योगसम्बन्धी १५ वटा छन् । उपत्यकामा हुने जबरजस्ती करणीका कतिपय घटना सामूहिक बलात्कारका छन्।

सामाजिक सञ्जाल तथा रात्रिकालीन मनोरञ्जनका क्रममा चिनजान र भेटघाट गरी सम्बन्ध बढाई अन्ततः पुरुषले त्यस्ता महिलामाथि सामूहिक बलात्कार गर्ने गरेको भनाइ प्रहरीको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदी महिलासँग सम्बन्धित अपराधलाई गम्भीर रूपमा लिई कारबाही अगाडि बढ्ने गरेको बताउँछन् । यो समाचार गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन्।





Comments

comments

32493