विषादी परीक्षण गर्न नाकामै प्रयोगशाला

फाइल फोटो

नेपालमा आयात हुने मुख्य भन्सार नाकामा विषादी परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने तयारी भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नका लागि भन्सार नाकामै प्रयोगशाला स्थापना गर्न लागेको हो।

विभिन्न १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको विभागले जानकारी दिएको छ।

मुलुकमा आयात हुने मुख्य नाकाहरु वीरगञ्ज, काकरभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङलगातका मुख्य नाकामा विषादी परीक्षण गर्ने प्रयोगशाला राख्न लागिएको हो । यो समाचार कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन्।





Comments

comments

32613