कोरियामा नेपाली बेस्ट अर्गनाईजेशन अवार्ड दिईने

कोरियामा नेपाली बेस्ट अर्गनाईजेशन अवार्ड दिईने
सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई कार्य विवरण दिएर सहयोग गर्न अनुरोध

अशोक पोखरेल / एचकेनेपाल डट कम-
दक्षिण कोरिया ।दक्षिण कोरियामा रहेका संघ संस्था मध्येबाट उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने भएको छ।

दक्षिण कोरियाबाट संचालित परदेशी लाईफ डट कमले आफ्नो पाचौ वार्षिक उत्सवको अवसरमा सउलमा गर्न लागेको अन्तरक्रिया कार्यक्रम विच दक्षिण कोरियामा सक्रिय संघ संस्थामध्येबाट तत्कृष्ट संस्थालाई बेस्ट अर्गनाईजेशन अवार्ड प्रदान गर्न लागेको हो।

दक्षिण कोरियामा रहेर सक्रिय रहेका संघ संस्थालाई आफ्नो संस्थाको प्रोफाईल तथा विवरण पठाई सहयोग गर्न पनि आयोजकले अनुरोध गरेको छ।

कोरिया भरि सक्रिय नेपाली संघ संस्थाहरुले आफ्नो हाल सम्मको गतिविधि र कम्तिमा २ वर्षको पुरा विवरण पठाउन पनि आयोजकले कोरियामा रहेका सम्पूर्ण संघ संस्थालाई जानकारी गराएको छ।

विदेशी भूमिमा रहेर नेपालीको लागि परोपकार तथा सामाजिक अभियानमा कार्य गरेका संघ संस्थालाई हौसला प्रदान गर्न यस्तो सम्मान गर्न लागेको पनि आयोजकले जानकारी दिएको छ। यसैगरी राम्रा काम गर्ने संघ संस्थाहरुलाई सम्मानित गर्ने पनि कार्यक्रम रहेको बताइएको छ।

आफ्नो संघ संस्थाले गरेको कार्य विवरण पठाउनको लागि डिसेम्बर ६ तारिख आइतबार देखि डिसेम्बर २१ तारिख आइतबार सम्मको समय सिमा निर्धारण गरिएको छ। कोरियामा रहेका संघ संस्थाहरुको गतिविधिलाई अध्ययन गरिरहेको आयोजकले कोरियाभरी रहेर काम गरेका संघ संस्थाको गतिविधि पुर्ण जानकरीको लागि लिखित रुपमा जानकारी मागेको बताएको छ।

संस्थाका पदाधिकारी तथा संस्थाको काम उत्कृष्ट ठानेका व्यक्तिहरुले यो डिसेम्बरर ६ देखि २१ तारिखसम्म संस्थाको गतिविधि पठाएर दर्ता गर्न सकिने भएको छ ।

दोश्रो परदेशी पत्रकारीता पुरस्कार प्रदान गरिने

यसै विच परदेशी लाईफ डट कमले आफ्नो वार्षिक उत्सवको अवसरमा दोश्रो परदेशी परत्रकारीता पुरस्कार प्रदान गर्ने भएको छ । सउलमा जनवरी ४ तारिख गर्न लागेको अन्तरक्रिया कार्यक्रम विच सो पत्रकारीता पुरस्कारको घोषणा गरिने बताइएको छ । यसैविच कोरियामा पत्रकारीतामा सक्रिय रहेर योगदान पु¥याउने पत्रकारलाई सम्मान पनि गरिने आयोजकको भनाई छ ।

अन्तरक्रियालाई परिणाममुखी बनाउन पहल

दक्षिण कोरियामा रहेक परोपकारी अभियानहरुको विचबाट नया अभियान शुरु गर्न अन्तरक्रिया कार्यक्रमलाई परिणामुखी बनाउन पहल शुरु गरिने भएको छ ।

दक्षिण कोरियाको राजधानी सउलमा “कोरियामा परोपकारी कोष यसको आवश्यकता र चुनौती” विषयमा अन्तरक्रिया कार्यक्रम विच यस्तो पहल गरिन लागेको हो ।

कोरियामा परोपकारी कोषलाई कल्याणकारी कोष तथा आपतकालिन कोषको रुपमा रुपमा विभिन्न समयमा चर्चा पाउनेगरी फलदायी हुन सकेको छैन । यसको लागि कोरियामा रहेका संघ संस्थाहरुको विचमा अन्तरक्रिया गरी कोरियामा यस्तो प्रकारको परोपकारी कोष बनाउन सम्पुर्ण संघ संस्थाहरु मध्येबाट एक प्रकारको साझा धारणा बनाउन यस अन्तरक्रियाले पहल गर्ने आयोजकले विश्वास गरेको छ ।

कोरियाबाट सञ्चालित भई नेपाली तथा प्रवासीहरुको साझा अनलाईनको रुपमा रहेको परदेशी लाईफ डट कमले आफ्नो पाचौ वार्षिक उत्सवको अवसरमा सउल स्थित नेपाली दुतावासमा जनवरी ४ तारिख आइतबार गर्न लागेको अन्तरक्रिया कार्यत्रममा उपस्थित भई कार्यक्रम सफल पार्न कोरियामा रहेका सम्पुर्ण संघ संस्थाका प्रतिनिधिहरु तथा कोरियाका नेपालीहरुमा हार्दिक अनुरोध गरको छ ।

साथै कोरियामा गरिने बेस्ट अर्गनाईजेश अवार्ड, परदेशी पत्रकारीता पुरस्कार तथा “कोरियामा परोपकार कोष आवश्यकता र चुनौती ” विषयक अन्तरक्रिया कार्यक्रमको बारेमा आफ्नो विचार तथा प्रतिकृया पनि राख्न सकिने छ ।

यसैगरी वेष्ट अर्गनाईजेशन अवार्ड प्राप्त गर्ने संस्थाको नाम मिलाउने एक व्यक्तिलाई समेत पुरस्कृत गरिने हुदा आफ्नो विचार पठाउन सकिने आयोजकले जनाएको छ ।

कार्यक्रम ः अन्तरक्रिया तथा सम्मान

स्थान ः नेपाल दुतावास दक्षिण कोरिया

समय ः विहान ११ बजे

मिति २०१५ जनवरी ४ तारिख आइतबार





Comments

comments

3271