नेपाली फुटवल विकासको लागि कोरियामा भब्य कन्सर्ट हुने

रमेश खावाजु / एचकेनेपाल डट कम –
दक्षिण कोरिया। दक्षिण कोरियाको नया बर्ष सालनालमा राजधानी सउलमा नेपाली फुटवल विकासको लागि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ।

आउदो १९ फेव्रुअरी सालनालको दोश्रो दिन सउलस्थित केविएस स्पोर्टस कम्लेक्समा सेभ नेपाल फुटवल फाउन्डेसन नामक संस्थाले यो बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेका हुन्। ”हामी नेपाली” नाम दिइएको उक्त कन्सर्टमा नेपालका चर्चित कलाकारहरु सुगम पोखरेल, इन्दिरा जोशी ,१९७४ एडी ब्याण्ड, रामजी खाड, सम्झना लामिछाने मगर, परिना राई, आ आफ्नो प्रस्तुती देखाउनेछन्।

कोरियाको थर थर मुटु कमाउने जाडोमा ”उघ्रेको चोली छ है ,तैपनि लगाइन्छ ” भन्ने चर्चित गीतका गायिका इन्दिरा जोशी, भर्सटाइल गायक सुगम पोखरेल , एड्रिन प्रधान , रामजी खाडलगायत अन्य कलाकारहरुले कोरियाका नेपाली दर्शकहरुलाइ तताउने अनि नचाउने धेरैले अनुमान गरेका छन्। प्रवेश शुल्क २५ हजार वन तोकिएको सो कन्सर्टलाइ कोरियाको यसलिंक, र टवकमले स्पोन्सर गरेको छ। यस कार्यकमबाट भएको नाफाले प्रतिभा भएका गरिब बालबालिकाहरुको लागि फुटबल प्रशिक्षणमा सहयोग गर्ने संस्थाले बताए।

कार्यक्रममा २ महिना अघि ‘वल्र्ड चिल्ड्रेन प्राइज’ मा अनररी अवार्ड पाउनुभएकी समाजसेवी इन्दिरा रानामगर प्रमुख अतिथिको रुपमा उपस्थिति रहनेछ। समाजसेवी रानामगर विगत २० वर्षदेखि जेलमा रहेका बालबालिको शिक्षा र पालण पोषणका लागि काम गर्दै आएकी थिइन्। सो कार्यक्रममा नेपालका चर्चित फुटवल खेलाडी तथा नेपाल फुटवल फाउन्डेसनका उपाध्यक्ष सागर थापा समेत सहभागी हुनेछन्।

सेभ नेपाल फुटवल फाउन्डेसन संस्था १ बर्ष अघि नेपालमा प्रतिभा भएका असहाय ,गरिब बालबालिकाहरुलाइ शिक्षा तथा फुटबलको प्रशिक्षण दिने उदेश्यले नेपालमा स्थापना गरिएको हो। संस्थाले हाल नेपालमा ७ जना असहाय बालबालिकाहरुलाइ शिक्षा तथा फुटबल प्रशिक्षण दिइरहेको संस्थाका अध्यक्ष आङ टेण्डी शेर्पाले बताए। हाल दक्षिण कोरियामा बसिरहेका शेर्पाले नेपाली फुटवल विकासको लागि कोरियामा सालनालमा हुने ‘ हामी नेपाली ” बृहत कन्सर्टमा सहभागी भइ दिनु हुन् कोरियाबासी नेपालीहरुमा अनुरोध गर्नु भएको छ।





Comments

comments

3276