क्यारी लामलाई ठूलाे झट्काः बेइजिङ पक्षधरकाे लज्जास्पद हार, लाेकतान्त्रिक पक्षधर उदाउंदै

फोटोः चाइना डेली

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, २५ नोभेम्बर। हङकङका जनताले बेइजिङ पक्षधरका उम्मेदवारहरूलाई लज्जास्पद हार चखाउंदै क्यारी लामलाई स्पष्ट सन्देश दिएका छन्।

हङकङका जनताले आइतवार सम्पन्न जिल्ला परिषदकाे चुनावमा लाेकतान्त्रिक पक्षधरका उम्मेदवारहरूलाई बहुमत दिएर हङकङकी कार्यकारी प्रमुख क्यारी लामकाे पछिल्लाे कदमप्रति असहमति र असन्तुष्टि जाहेर गरेका छन्।

पछिल्लाे चुनावी परिणाम अनुसार जिल्ला परिषदको ४५२ कुल सिटमध्ये लोकतान्त्रिक पक्षधरले ३९४ सिट जितेको छ। लाेकतान्त्रिक पक्षधरले झण्डै ९० प्रतिशत सिटमा कब्जा जमाउंन सफल भएकाे छ। जब कि बेइजिङ पक्षधर (स्थापना पक्ष)का उम्मेदवारले ५८ सिट मात्र जितेका छन्।

यस पटककाे चुनावमा लगभग ७१ प्रतिशत मत खसेकाे जनाइएकाे छ। चुनावमा २९ लाख भन्दा बढीले मतदान गरेका थिए। हङकङमा ७४ लाख जनसंख्या रहेकाे छ। त्यसमध्ये ४१ लाखले मतदानका लागि आफ्नो नाम दर्ता गराएका थिए ।

बेइजिङ पक्षधरका उम्मेदवारहरू पराजित हुनुमा हङकङमा विगत पाँच महिनादेखि जारी आन्दाेलनमा क्यारी लामकाे दमणकारी भूमिकालाई हेरिएकाे छ। आन्दाेलनकारीकाे मागलाई लाम सरकारले संबाेधन गर्न नसक्दा हङकङ पाँच महिनादेखि अनिर्णयकाे बन्दी बनिरहेकाे छ।

विगत ५ महिनादेखि जारी आन्दाेलनबीच भएकाे यस पटककाे जिल्ला परिषदकाे चुनावलाई बेइजिङ पक्षधर (प्राे-बेइजिङ) र लाेकतान्त्रिक पक्षधर (प्राे-डेमाेक्रेसी) बीच प्रतिष्ठाकाे लडाईकाे रुपमा हेरिएकाे थियाे।

जुलाई २१ तारिख युन लङ एमटीआर स्टेशनमा सेता टि-सर्ट लगाउंने समूहबाट यात्रुहरूमाथि भएकाे सांघातिक आक्रमणपछि विवादस्पद छवि बनाएका बेइजिङ पक्षधरका बलिया र चर्चित उम्मेवार जुनियस हाे पनि यस चुनावमा पराजित भएका छन्।

प्राप्त चुनावी परिणामले के देखाउंछ भने हङकङका जनता लाेकतान्त्रिक पक्षधर आन्दाेलनकाे साथमा छन्। याे सन्देश निश्चय नै चीनकाे लागि शुभ संकेत हाेइन। क्यारी लामकाे सरकार र चीनलाई के लागेकाे थियाे भने दैनिक जीवनमा अशान्ति र बाधाका कारण जनताले आन्दाेलनकाे विरूद्ध मतदान गर्नेछन्।

डिएबीले जनतासंग शिर झुकाएर मागे माफी!

जिल्ला परिषद चुनावमा असफलता हात लागेपछि डिएबी (डेमाेक्रेटिक एलाइन्स फर द बेटरमेन्ट एण्ड प्राेग्रेस अफ हङकङ) पार्टीका प्रमुख नेताहरुले सोमबार बिहान शिर झुकाएर जनतासंग माफी मागेका छन्। त्यसैगरी, पार्टी सभापति स्टेरी लीले राजीनामा दिएकी छन्। यद्यपि उनको राजीनामा स्वीकृत भएको छैन। बेइजिङ पक्षधर डिएबी हङकङको सबै भन्दा ठूलो पार्टी मानिन्छ।





Comments

comments

Trending Now : हङकङः इँटा प्रहारबाट बृद्धको मृत्युपछि ५ प्रदर्शनकारी पक्राउ
32785