अध्यक्षलाई यस्तोसम्म अप्ठ्यारो

शहीद बुद्धिमान पाख्रिनको श्रद्धाञ्जली सभा

दिन कस्तो आयो भने, द्वन्द्वकाल्नि समयका वादी र प्रतिवादी एउटै मञ्चमा ‘प्रतिवादी’ भनिएकाले प्रमुख अतिथि बनेर ‘वादी’ पक्षका आफन्तप्रति सहानुभूति प्रकट गर्दै न्यायकका लागि लड्छु भनिदिनै पर्ने।

नेकपा अध्यक्ष प्रचण्डले यस्तो अप्ठेरोमा नजाने खबर पठाए । तर, अर्को पक्षले भन्यो – उसो भए खुमलटार गएर उनकै घरमा कार्यक्रम गर्छौँ ।

यस्तो रोइलो खुमलटारमा चलाउनुभन्दा पार्टी अफिस जानु बेश ठानेर प्रचण्ड १५ गते विहान शहीद बुद्धिमान पाख्रिनको श्रद्धाञ्जली सभामा । पाख्रिन सशस्त्र द्वन्द्वकालमा दोलखामा विद्रोही (माओवादी) पक्षमा मारिएका थिए।

उनकी पत्नी शान्ति सांसद छिन्, पहिला पनि संविधानसभा सदस्य हुन्।

पाख्रिनको श्रद्धाञ्जलीका लागि आयोजिवत कार्यक्रममा प्रमुख अतिथि बनाउने भनिएका प्रचण्डले चाहिँ चिनियाँ राजदूत भेट्न आउँछिन् भन्दै खुमलारबाट निस्कन समय लाग्ने खबर पठाए । ‘लु साथी हो, हामी पनि खुमलटार जाऔँ’ भनेर शान्ति तम्सिएकी थिइन् । तर, यसबीच प्रचण्डलाई खबर पुग्यो र कार्यक्रममा जाने भए । बरु भेटघाटका सबै समय धुम्बाराही पार्टी कार्यालयमा मिलाउने निधो गरे । जनआस्था साप्ताहिकमा खबर छ।





Comments

comments

32924