विद्युतीय चुल्हो प्रवर्द्धन गर्दै सरकार

फाइल फोटो

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुल्हो प्रवद्र्धन अभियान अघि सारेको छ।

आगामी वर्षा यामदेखि विद्युत मागभन्दा बढी भएर खेर जाने अवस्था रहेको भन्दै चिन्ता प्रकट भइरहेका बेला केन्द्रले विद्युत् चुल्होको अभियान अघि सारेको हो।

चालु आर्थिक वर्षभित्र थप १ हजार ५ मेगावाट उत्पादनसँगै विद्युत खेर जान सक्ने विद्युत प्राधिकरणको प्रक्षेपण छ भने विद्युतको खपत बढाउन विद्युतीय चुल्हो प्रवर्द्धन तथा विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई प्राधिकरणले जोड दिँदै आएको छ।

सुधाररिएको चुल्हो निर्माणको अभियान नै सञ्चालन गरेको केन्द्रले विद्युतीय चुल्हो इन्डक्सनको समेत प्रवद्र्धनका लागि अभियान अघि बढाउन लागेको केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले जानकारी दिए । यो समाचार कारोबार दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

33003