विस्तार हुँदै फोरजी, ४३ लाख प्रयोगकर्ता

फाइल फोटो

तीन वर्षअघि नेपालमा सुरु भएको चौथो पुस्ताको फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै गएको छ।

दूरसञ्चार सेवा प्रदायकले फोरजीलाई केन्द्रित गर्दै सेवा विस्तार गर्न थालेपछि फोरजीमा आकर्षण बढेको पाइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको भदौसम्मको तथ्याङ्कअनुसार देशभर ४३ लाख ५५ हजारले फोरजी प्रयोग गर्छन् । थ्रीजीको तुलनामा उच्च गतिको इन्टरनेट र भिडियोसमेत हेर्न उपयोगी हुने भएपछि पछिल्लो समय फोरजीका ग्राहक थपिदै गएका छन्।

सङ्ख्यात्मक हिसाबले एनसेलका फोरजी प्रयोगकर्ता निकै धेरै छन् । प्राधिकरणका अनुसार एनसेलका मात्रै ३२ लाख ९२ हजार प्रयोगकर्ता छन् । नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमका भने आठ लाख ३४ हजार प्रयोगकर्ता छन्। यो समाचार गोरखापत्र दैनिकमा छ।





Comments

comments

33025