धनुषामा शक्तिशाली बम विस्फोट, प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु, ३ जना गम्भिर घाइते

फाइल फोटो

जनकपुरधाम, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका – ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति शक्तिशाली बम विस्फोट हुंदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ। घटनामा अरू ३ जना गम्भीर घाइते छन्।

मृत्यु हुनेहरूमा स्थानीय औषधि व्यवसायी ४६ वर्षका राजेश्वर साह, उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साह र घटनामा गम्भीर घाइते भएका प्रहरी निरीक्षक अमिर दाहाल छन्।

दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर दाहालले जानकारी दिए।

कुसाई टोलस्थित एक औषधि व्यवसायीको घरमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

सुरक्षाकर्मीहरु घरमा पुगेर शंकास्पद वस्तु हेर्न खोजेकै बेला एक्कासी विस्फोट भएको थियो।





Comments

comments

33053