हङकङः इँटा प्रहारबाट बृद्धको मृत्युपछि ५ प्रदर्शनकारी पक्राउ

प्रदर्शनकारी र स्थानीयबीच झडप

हङकङ, १४ डिसेम्बर। गत महिना शेयुङ शुईमा इँटा प्रहारबाट ७० वर्षीय वृद्धको मृत्युको सम्बन्धमा प्रहरीले १५ र १८ वर्षबीचका तीन पुरुष र दुई महिलालाई शुक्रवार पक्राउ गरेको छ।

घटना लुङ वान स्ट्रीट बाहिर भएको थियो।

प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा हत्याको आशंकामा शेयुङ शुई र ताई पोबाट उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

पाँचैजना प्रहरी हिरासतमा छन्।

गत महिना प्रदर्शनकारी र स्थानीयबीच शेयुङ शुईमा झडप भएको थियो। प्रदर्शनको प्रतिरोधमा उत्रेका स्थानीयबासीमाथि प्रदर्शनकारीले अन्धाधुन्ध प्रहार गरेको ईटा टाउकोमा लागेर बृद्ध तत्काल ढलेका थिए। बृद्ध त्यसबेला मोबाइलबाट भिडियो खिचि रहेका थिए।

इँटा लागेर गम्भीर घाइते भएका बृद्धको प्रिन्स अफ वाल्स सा टीन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

हङकङः प्रदर्शनकारीको आक्रमणबाट गम्भीर घाइते बृद्धको मृत्यु





Comments

comments

33058