तमू ल्होछारको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

फाइल फोटो

एचकेनेपाल डट कम संवाददाता-

काठमाडौं, १५ पौष। राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान सांस्कृतिक पर्व तमू ल्होछार/ ल्होसार को अवसरमा शुभकमना व्यक्त गर्नुभएको छ।

राष्ट्रपति भण्डारीले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको हो।

“तमूल्होसार पर्व, २०७६” को शुभकामना सन्देश

गुरुङ समुदायको महान पर्व “तमूल्होसार” का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

नेपालमा मनाइने विभिन्‍न चाडपर्वहरूले स्वदेश तथा विदेशमा समेत विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेका छन् । मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा संबर्द्धन गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न समेत गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय छ । गुरुङ संस्कृति बहु‐भाषिक, बहु‐धार्मिक र बहु‐सांस्कृतिक राष्ट्रको रूपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय सांस्कृतिको एक महत्वपूर्ण अङ्गको रुपमा रहेको छ । तमूल्होसार जस्ता राष्ट्रिय पर्वहरूले सबै नेपालीबीच वन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेका छन्।

अन्तमा, गुरुङ समुदायको यस पर्वले आपसी सद्‍भाव बढाई आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

धन्यवाद ।





Comments

comments

33277