सीमा विवाद: ‘वार्तामा बस्न भारत सकारात्मक’

फाइल फाेटाे

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा समस्या समाधानका लागि वार्तामा बस्न भारत सकारात्मक रहेको बताएका छन्।

वार्ताबाट समस्या सम्बोधनका लागि दुवै देशका पदाधिकारीबीच मितिबारे परामर्श भइरहेको मन्त्री ज्ञवालीको भनाइ छ।

यसअघि नेपालले गरेको पत्राचारमा भारतले पुस ३ गते नै जवाफ पठाइसकेको भए पनि मितिबारे थप परामर्श हुने उनको भनाइ छ। सङ्घीय संसद्को राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा मन्त्री ज्ञवालीले भारतले पठाएको पत्र विवाद समाधानका लागि सकारात्मक रहेको बताए।

उनले भने, “यसअघिको परिपत्रअनुसार पुस ३ गते जवाफ प्राप्त भएको छ । समस्या कूटनीतिक रूपमा टुङ्ग्याउन भारत पनि तयार छ। बैठकको मिति आपसी सहमतिमा तय हुने भन्ने छ। पत्रअनुसार समस्या समाधानका लागि वार्तामा बस्न भारत सकारात्मक छ। कूटनीतिक रूपमै समस्या सम्बोधन हुनेमा हामीलाई विश्वास छ।” यो समाचार गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन्।





Comments

comments

Trending Now : गोंगबु हत्या प्रकरण: भान्छा र शौचालयमा शरीरका अंग छिनाइयो
33294