पोखरामा सञ्जीव र टीकाको युगल साँझ हुने

गायन जोडी सञ्जीव र टीका

पोखरा, गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईँको युगल साँझ पोखरामा हुने भएको छ।

बाबा एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा आगामी माघ ४ गते पोखरा उद्योग वाणिज्य सङ्घको सभा हलमा हुने कार्यक्रम अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीको संयुक्त आयोजनामा हुन लागेको हो।

नाई मलाई थाहा छैन…, कर्के नजर…, माया लुकी लुकी… लगायत दर्जनौँ चर्चित गीतमा स्वर दिएका सञ्जीव र टीका युवा पुस्ताका स्थापित कलाकार हुन्। उनीहरुको गायन जोडीलाई पोखरामा युगल रुपमा प्रस्तुत गर्नका लागि अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा १५ सदस्यीय आयोजक समिति गठन गरिएको छ। समितिको सहसंयोजकमा लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीका अध्यक्ष भरतराज सिग्देल रहेका छन्। सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा पोषणराज खनाल र सह–सचिवमा मोहनराज पौडेलले जिम्मेवारी पाएका छन्।

यस्तै, सदस्यहरुमा पवित्रा पराजुली, लक्ष्मी बाँस्तोला, अनुज कुलुङ, शिव नेपाली, रुकबहादुर गुरुङ, दामोदर आचार्य, भगवान श्रेष्ठ, वसन्तराज कोइराला, गोविन्द सिञ्जाली र ईशु श्रेष्ठ रहेका छन्।

समाजसेवाका विभिन्न कार्यक्रम गर्दै आएको लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीका अध्यक्ष भरतराज सिग्देलले युवा पुस्ताका चर्चित कलकारहरुको युगल साँझबाट बचत भएको रकम समाजसेवामै खर्च गरिने बताए । सञ्जीव र टीका वर्तमान पुस्ताका निकै सशक्त कलाकार भएकाले उनहरुको प्रस्तुतिलाई दर्शक/स्रोताले भरपूर साथ दिने विश्वास पनि उनले व्यक्त गरे।

अनुपम म्युजिकद्वारा आयोजित अनुपम साङ्गीतिक साँझमा समेत पोखरामा प्रस्तुति दिएका सञ्जीव र टीकालाई पोखरामा युगल रुपमा प्रस्तुत गर्न लागिपरेका अनुराग अधिकारीले उनीहरुको प्रस्तुतिलाई पोखराका सङ्गीतप्रेमीमाझ प्रस्तुत गर्नुपर्ने आवश्यकताबोध गरेर यस्तो कार्यक्रमको परिकल्पना गरिएको बताए । यसअघि गायक कर्म ग्याल्छेनको एकल साँझ गराइसकेका उनले अग्रजप्रतिको सम्मान र समकालीन र अनुजप्रतिको जिम्मेवारीबोधका कारण यो क्रम जारी राख्ने धारणा सुनाए।

कार्यक्रममा सञ्जीव र टीकाका आफ्ना तथा केही अग्रजका गरी करिब १ दर्जन साङ्गीतिक प्रस्तुतिसँगै नृत्यसमेत प्रस्तुत गरिने आयोजक संस्थाहरुले जानकारी दिएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

33385