बेल्जियममा मिस नेपाल युरोप २०२० हुने

प्रतियोगीहरु

राजेन्द्र रिमाल –

युरोपेली महादेशको राजधानी मानिने मुलुक बेल्जियममा पहिलो पटक नेपाली युवतीहरुको सौन्दर्य प्रतियोगिता मिस नेपाल युरोप २०२० को आयोजना हुने भएको छ।

ड्रिम्स नेपाल बेल्जियमको आयोजनामा हुन लागेको प्रतियोगिता आगामी जनवरी २६ का दिन बेल्जिमयको लोवेन शहरमा हुने छ। यस अघि विभिन्न देशहरुमा गरिएको अडिसनको सहभागीहरुबाट १२ जनालाई फिनालेका लागि छनौट गरिएको छ।

ड्रिम्स नेपालकी संस्थापक तथा एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक योगिता थापाका अनुसार बेल्जियमबाट मिला नेपाली, लुना श्रेष्ठ, सविना नेपाली र ज्योति भट्ट लगायत आयरल्याण्डबाट संगीता थापा, अस्ट्रियाबाट सुशिला बोहरा, फिनल्याण्डबाट निरुषा खत्री, स्वीट्जरल्याण्डबाट रोजमेरी भोटिया, नर्वेबाट श्रद्धा थापा, जर्मनीबाट आश्मा घिमिरे तथा सामु पराजुली र फ्रान्सबाट श्रीया भण्डारी फाइनलिस्टका रुपमा चयन भएका छन्।

प्रतियोगितामा विजेता हुनेले नगद पुरस्कारका साथै क्राउन पाउने छन् भने फस्ट तथा सेकेन्ड रनर अपलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।

त्यस्तै प्रतियोगितामा मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस फोटोजेनिक र मिस कन्फिडेन्टको सबटाईटल समेत प्रदान गरिनेछ।

संयोजक थापा आफै युरोपियन मोडलिङ प्रतियोगिताको फाईनलिस्ट हुन्। थापाका अनुसार मिस नेपाल युरोप २०२० को विजेताले मिस नेपालको आगामी प्रतियोगितामा सिधै प्रवेश पाउने छन्। भन्छिन् – कार्यक्रमको तयारी लगभग पूरा भईसकेको छ।

प्रतियोगिताको कोरियोग्राफर पूर्व मिस नेपाल सुगारिका केसी रहेकी छन् भने डिजाईनर युवी थापाको पहिरनमा प्रतियोगीहरु प्रस्तुत हुनेछन्।





Comments

comments

33476